नेपालगञ्जमा एमसीसीको विरोधमा राष्ट्रिय जनमोर्चाको प्रदर्शन



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै मंगलवार विरोध प्रदर्शन गरिएको छ ।

राष्ट्रिय जनमोर्चाको देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरर्गत नेपालगञ्जमा समेत विरोध प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्ने जनमोर्चाका नेताहरुले एमसीसी सम्झौता लामो समयसम्म गुपचुप राखिएको भन्दै अहिले जसरी पनि पास गर्ने भन्ने सरकारको प्रयास आपत्तिजनक भएको बताएका थिए ।

उनीहरुले एमसीसी संसदबाट पास भए नेपाल अमेरिकी साम्राज्यवादको अखडा बन्ने दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ २३ गते बुधबार