डिल्ली शाही ।
बाँकेको कोहलपुर वडा नम्बर ३ मा रहेको जनता माध्यमिक विद्यालयमा लाखौ रकम हिनामिना गरेको भन्दै विद्यालय व्यवस्थापन समितिले नगर शिक्षामा निवेदन दिएको छ । जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक विश्वनाथ थारुले रकम हिनामिना गरेको भन्दै विव्यसले नगर शिक्षमा निवेदन दिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदिराम वलीले विद्यालयमा आर्थिक हिनामिना गरेको भन्दै नगर शिक्षामा निवेदन दिएको बताए ।
नियुक्ति भएदेखि अहिलेसम्म पनि विद्यालयमा भएका विभिन्न गतिविधिका विलभरपाई सार्वजनिक नगरेको उनले जानकारी दिए । अध्यक्ष वलीका अनुसार भवन निर्माण, पुस्तकालय व्यवस्थापन, फर्निचर, कम्प्यूटर खरिद, शिक्षकको तलब कटौती, सामुदायहरुले चन्दा दिएको रकममा समेत उनले पारदर्शी रुपमा विव्यसलाई जानकारी गराएका छैनन् । उनी भन्छन्,‘लामो समयदेखिको सम्पूर्ण विवरण न विव्यसलाई थाहत छ न त लेखापाललाई नै जाानकारी छ । अभिभावक त झन यसबारे अनविज्ञ छन् ।’ यी सबै कुराबाट विद्यालयमा प्रधानाध्यापक थारुको मनोमानी रहेको उनले आरोप लगाए ।
मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले आफू २०७६ पुष १२ गते विव्यसको अध्यक्ष भएको बताए । प्रशासन अस्तव्यस्तता, आर्थिक अपादर्शिता, गैरजिम्मेवारीपनका कारण आर्थिक अवस्था भद्रगोल रहेको उनको भनाइ छ । ‘विद्यालयका समस्या के छन् ? आर्थिक अवस्था के छ ? भौतिक जिन्सी, नगदी यथार्थ कति छ ?’ भनी १५ दिने अल्टिमेटम दिएको बताए । एक वर्ष बित्न लाग्दा समेत कुनै पनि किसिमको जानकारी प्राप्त नभएको अध्यक्ष वली बताउँछन् ।
विद्यालयको आर्थिक हिनामिना सम्बन्धी छानविनका लागि नगर शिक्षा निवेदन दिनुका साथै २०७७ साल कार्तिक ५ गतेको निर्णयबाट प्रअबाट हटाइएको जानकारी गराएको समेत वलीले अवगत गराए । यद्यपी अहिले पनि उनी विद्यालयको प्रअको रुपमा काम गरिरहेका छन् । उनका अनुसार भवन निर्माण गर्दा व्यक्तिलाई दिएका छन् । ३२ लाखको भवन टेण्डर गराएर काम गराउनुपथ्र्यो तर न टेन्डर छ न त अन्य कुनै विधि छैन । सिधै व्यक्तिलाई कसरी काम दिन सकिन्छ उनले प्रश्न गरे ? अन्य पुस्तकायय व्यवस्थापन, फर्निचर, कम्प्यूटर खरिद, शिक्षकको तलब कटौती र सामुदायहरुले चन्दा दिएको रकम हरेक क्षेत्रमा हिनामिना भएको उनको दावी थियो ।
यस्तै शिक्षक,अभिभावक संघका अध्यक्ष शान्ता बस्यालले आफूले विलभरपाईहरु अपुरो,अधुरो र आर्थिक वर्ष नै फरक पर्ने गरी विलहरु मिलाएर राखेको पाइएको बताइन् । उनी विद्यालयमा २०७४ सालदेखि अभिभावकहरुको अध्यक्ष छिन् । उनका अनुसार वि.स. २०७५ का विलहरु २०७३ मा पनि छन् । २०७६ का विलहरु २०७४ मा पनि रहेको बताइन् । सोही विलअनुसारको भरपाइ केही पनि छैनन् । गएको सालहरुमा समितिको निर्णय एउटा पनि छैन ।
जुन २०७६ सालदेखि अघि बनेको समितिको निर्णय विना नै सबै कारोबार भएका छन् । मिसन टुडे दैनिकसँगको कुराकानीमा भनिन्, ‘सर यस्तो भएन उस्तो भएन भनेर प्रश्न गर्दा, प्रअको जवाफमा आउँथ्यो, उहाँ नै छ, उतै छ, यसको विल त ल्याउन सकिन्छ, भन्ने गैर जिम्मेवारका उत्तर आउँथ्यो ।’ तर उनले प्रश्न गरिन् विगत ४ वर्ष वित्न लागि सक्यो कहिले ल्याउने ? प्रश्न गरिन् । यति वर्ष वितिसक्दा समेत अहिलेसम्म सामाजिक लेखा परिक्षण नै भएको छैन ।
यस्तै अरोप खेपिरहेका विद्यालयका प्राधानाध्यापक विश्वनाथ थारुले आफुले कुनै रकम हिनामिना नगरेको बताए । ‘उहाँहरुले लगाएको आरोप सबै झुटा छन्’ उनले भने,‘ मैले गल्ती गरेको भनेको विद्यालयलाई १ लाख रुपैयाँ सहयोग गरेको थिए, जसको भरपाई राख्न भुलेको थिए ।’ थारुले आफू विद्यालयमा प्रअ भएपछि विद्यालयको पर्खाल ६ लाखमा १ सय मिटर बनाइएको बताए । विद्यालयको खरिद् समिति बनाइएका थिए तर त्यतिबेलामा उपभोक्ता समितिहरु थिए । ‘उपभोक्ता समितिहरुबाट काम भएको थियो ।
भवनको २२० रुपैयाँको क्यूफिटमा ठेक्का दिएको थिए । भवन बाँकेको शिक्षा कार्यालयले उक्त रकम दिएको थियो । भवन बनाउने क्रममा टेन्डर खोलिएन ।’ उनले भने । सिधै विद्यालयको खातामा ३२ लाख रुपैया हालिदिएको थियो । भवन निर्माण गर्दा खरिद् समितिको अध्यक्ष मुन्नाराम थारुलाई बनाइएको थियो । भवनको ठेक्का प्रेम प्रकाश मल्ललाई दिएका थियौं । शिक्षा कार्यालयले व्यक्तिगत रुपमा काम गराउने भनी निर्देशन दिएकोले व्यक्तिगत रुपमा भवन निर्माण गरेको उनको भनाई थियो ।
यता कोहलपुर नगर शिक्षाका विद्यालय निरिक्षक रविलाल मिजार भवन निर्माण गर्दा व्यक्तिलाई ठेक्का दिन नमिल्ने बताउँछन् । ‘सानो रकमको पनि कोटेशन मार्फत काम गराउने भनेको छु । ठुलो रकमको टेण्डर मार्फत काम हुनुपर्छ । ’ उनले भने । उनका अनुसार सोही विद्यालयका विव्यस अध्यक्ष सहित ४ जनाले सो विद्यालयको आवश्यक छानविन गरी निवेदन दिएकाका छन् । छानविन सकिएपछि हामीले प्रतिवेदन तयार पारी सम्बन्धीत विद्यालयमा पठाउने उनको भनाई छ । यस विषयमा छानविन गर्न नगर शिक्षा समितिले छानविन गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्