पोखरामा प्रधानमन्त्री ओलीको पुत्ला जलाईयो



संसद विघनटनको प्रस्तावपछि पोखरास्थित पृथ्वीनारायण क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी र जनता समाजवादी पार्टी समर्थित विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले संयुक्तरुपमा पुत्ला जलाउँदै प्रधानमन्त्री ओलीको सर्वसत्तावादविरुद्ध प्रदर्शन समेत गरे । उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । यद्यपि, विद्यार्थीहरुले पुत्ला जलाउँदै प्रदर्शन जारी राखेका छन् ।

विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केहिबेर अवस्था असमान्य बन्यो । प्रहरीले बल प्रयोग गर्दा विद्यार्थीहरुले क्याम्पसभित्रबाट ढुंगा हानेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले थप बल झिकाएको छ ।

प्रधानमन्त्रीको कदम बिरुद्ध देशैभर बिरोध प्रदर्शन गर्न नेकपा निकट विद्यार्थी संगठन तथा युवाहरुले आह्वान गरेका छन । बाँकेको कोहलपुरमा समेत केही समयपछि बिरोध प्रदर्शनको तयारी गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ५ गते आइतबार