कोहलपुर ।
पछिल्लो २४ घण्टामा शुक्रबार बाँकेमा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लाका एक सरकारी र एक निजी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार शुक्रबार ९ महिला र १६ जना पुरुष गरी २५ जना संक्रमित थपिएका हुन् ।
केन्द्रका स्रोत व्यक्ति तेज ओलीका अनुसार भेरी अस्पताल नेपालगञ्जको ल्यावमा गरिएको परीक्षणमा १९ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको थियो ।
योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या ४ हजार १ सय ४५ जना पुगेको उनले जानकारी दिए । तीमध्ये १ हजार ४ सय २० जना महिला र २ हजार ७ सय २५ जना पुरुषहरु रहेका छन् । जिल्लामा शुक्रबार थप २० जना कोरोना जितेर डिस्चार्ज भएका थिए ।
योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या ३ हजार ९ सय १० जना पुगेको छ । डिस्चार्ज हुनेमा १ हजार ३ सय १४ जना महिला र २ हजार ५ सय ९६ जना पुरुषहरु रहेका छन् ।
शुक्रबार साँझसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या १ सय ९५ जना रहेको कोरोना स्रोत व्यक्ति ओलीले जानकारी दिए । बाँके भित्रका १६ महिला र २४ पुरुष गरी ४० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
जिल्लाका विभिन्न अस्पतालमा बाहिर जिल्लाका उपचारका क्रममा मृत्यु हुनेको संख्या ६६ जना रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला भित्र र बाहिरका गरेर अहिलेसम्म बाँकेमा कोरानाका कारण उपचारका क्रममा १ सय ६ जनाको मृत्यु भइसकेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बिरामीको निको हुने दर ९४.३३ प्रतिशत रहेको छ ।
बिरामीको मृत्यु हुने दर भने ०.९७ रहेको कोरोना स्रोत व्यक्ति ओलीले बताए । जिल्लामा रोगको प्रकोप दर भने ०.६९ रहेको छ ।
पछिल्लो २४ घण्टामा शुक्रबार बाँकेका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला बाहिरका २४ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकाहरुमा ८ महिला र १६ जना पुरुषहरु रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्