बाँकेमा सुरु भए खेल गतिविधी



कोहलपुर ।

कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेका खेलकुदका गतिविधीहरु सुरु भएका छन् । आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै शुक्रबारबाट नेपालगञ्ज रंगशालामा खेलकुदका गतिविधीहरु सुरु भएका हुन् ।

कोरोना कहरका कारण नेपालगञ्ज रंगशालामा गत चैत्र ९ गतेदेखि खेल गतिविधी तथा प्रशिक्षणहरु बन्द भएका थिए । शुक्रबारबाट सवै खेल विधाका प्रशिक्षण सुचारु भइसकेको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए ।

खेल प्रशिक्षणको एक कार्यक्रमका बीच बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले सुचारु गरेका थिए ।

‘सरकारको नीति अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरि खेल प्रशिक्षण सुचारु गरिएको छ’ उनले भने, ‘उनले कोरोना संक्रमणलाई मध्यनजर गरि प्रशिक्षण दिन र लिन प्रशिक्षक तथा खेलाडीलाई निर्देशन दिएका छौं ।’

कोरोना कहरका कारण ९ महिनापछि खेलकुदका गतिविधीहरु सुरु भएपछि खेलाडी तथा प्रशिक्षकहरु समेत खुसी भएका छन् । कोरोना कहरका कारण रंगशाला तथा प्रशिक्षण केन्द्रहरु नखुल्दा खेलाडीहरुले आफै घरमा नै प्रशिक्षण गर्दै आएका थिए ।

अब भने रंगशालामा नै आएर उनीहरुले प्रशिक्षण लिन पाउनेछन् । खेल प्रशिक्षण कार्यक्रममा खेलकुद समितिका कर्मचारी, खेलकुद संघका पदाधिकारी, प्रशिक्षक र खेलाडीको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर ६ गते शनिबार