कोहलपुरमा थप पाँच दिन बन्द थपियो



कोहलपुर
बाँकेको कोहलपुर नगरपालिकामा गप पाँच दिन बन्द थपिएको छ ।

दिनप्रतिदिन कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिरहेको भन्दै बन्द थप पाँच दिन थपिएको हो ।

यस अघि आह्वान गरिएको बन्दको समयसिमा भाद्र ५ गते राति १२ बजे सकिदैछ ।

बिहिबार कोहलपुर नगरपालिकामा बसेको सर्वपक्षी बैठकले भाद्र १० गतेसम्म बन्दाबन्दि थप गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख लुट बहादुर रावतले पछिल्लो समय बाँकेमा झन कोरोना संक्रमण दर बढ्दै गएको बन्द थप गरिएको जानकारी दिए । उनका अनुसार बन्द भाद्र ६ गतेदेखि थप कडा बनाउने निर्णय भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ४ गते बिहीबार