बाँकेमा हालसम्म ४ सय ४४ जना कोरोनामूक्त



कोहलपुर ।

बाँकेमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४ सय ४४ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबार आज बाँकेका ९ जना कोरोना संक्रमित डिष्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या ४ सय ४४ पुगेको हो ।

आज नेपालगन्जस्थित आदर्शनगर आइसोलेसनबाट ६ जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट २ जना र धनगढी आइसोलेसनबाट १ जना कोरोनामुक्त भएसंगै डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यो संगै अब आइसोलेसनमा बाँकेका २ सय ५९ र अन्य जिल्लाका ७ जना गरी २ सय ६६ जना रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतबार