कोहलपुर नगरपालिकाका सबै सेवा भदौ ५ सम्म बन्द



कोहलपुर :

बाँकेको कोहलपुर नगरपालिकामा शनिबार बसेको सर्वदलीय बैठकले भदौ ५ सम्म सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको छ ।

नगर प्रमुखको अध्यक्षतामा बसेको सर्बदल्यि बैठकलेले कोरोना कहर न्युनिकरण रोकथामका लागि सबै सेवा बन्द गरिएको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै नगर क्षेत्रका सरकारी तथा गैर सरकारी कार्यालय ,बैंक र पसल व्यवसाय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिबार