डोल्पा ।
बाँकेको नेपालगञ्जबाट शनिबार १३ जनाको टोली डोल्पाको दुनै सदरमुकाममा पुग्यो। जसमा तीनजना से–फोक्सुण्डो गाउँपालिका र बाँकी डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय रहेका थिए ।
डोल्पोबुद्धले नागरिकलाई गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि बाँकी से–फोक्सुण्डो गाउँपालिका ५ की ङाचोक गुरुङसँगै तीन महिलालाई दुनैस्थित क्वारेन्टाइनमा राख्ने निधो ग¥यो । तर उनीहरुले क्वारेन्टाइनमा बस्न मानेका थिएनन्।
अन्ततः जबर्जस्त क्वारेन्टाइनमा राख्न खोज्दा उनीहरु रोइकराइ गर्दै आत्महत्याको प्रयास गर्न थाले। नेपाली भाषासमेत राम्रोसँग नबुझ्ने तीनैजना महिला आफूलाई कोरोना नलागेको भन्दै घर जान पाउनुपर्ने दाबी गर्न थालेपछि क्वारेन्टाइनमै राख्ने निधो गरियो।
तर आफूलाई क्वारेन्टाइनमै राख्न खोजेपछि ङाचोक गुरुङले नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरिन्। आफूसँगै आएका साथी सबै घर गए तर हामीलाई मात्र किन रोकियो ?
भन्दै उनले भेरी नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी हुन्। उनीहरुलाई सम्झाउँदै फकाउन थालेपछि रोइकराइ गर्न छोडेका थिए।









प्रतिक्रिया दिनुहोस्