अन्तिम चरणमा फर्जी विद्यार्थीबारेको छानबिन



काठमाडौँ ।

सरकारले सामुदायिक विद्यालयहरूमा फर्जी विद्यार्थी देखाएर हुँदै आएको आर्थिक अपलचनको गहन छानबिन अन्तिम चरणमा पु¥याएको छ । विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै देखाउने, अन्य विद्यालयमा पनि भर्ना भएका विद्यार्थीहरूर्ला विद्यालयको रेकर्डमा देखाउने र ती विद्यार्थीका नामाम सरकारले दिने दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक, पोसाकको रकम अपचलन भइरहेको विषयमा गहन छानबिन अन्तिम चरणमा पुगेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले अहिले गहन अध्ययन गरिरहेको छ । समितिले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा दोहोरिएको देखिएका विद्यार्थीहरूको यथार्थ र त्यसले राज्यस्रोतमा पारेको आर्थिक भारसमेतको विषयमा शूक्ष्म अध्ययन गरिरहेको उनले बताए । समितिलाई दिएको समय अझै एक दिन बाँकी रहेको र थप समय आवश्यक भएको भनेर माग भएर आएमा थप्न ससकिने पनि उनले बताए ।

भट्टराईका अनुसार एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीको तथ्यांकमा करिब ८२ लाख ८१ हजार विद्यार्थीमध्ये कम्तीमा दुई लाख विद्यार्थीहरू दोहोरिएको देखिएको र त्यसकै आधारमा अध्ययन सुरु गरिएको बताए । तर, अहिले कुन विद्यार्थी कसरी दोहोरिएको हो, कुन विद्यालयले फर्जी विद्यार्थी राखेर सरकारी आर्थिक सहायता अपचलन गरेका छन् भन्ने विषयमा अहिले तथ्यांक केलाउने काम भइरहेको उनले जानकारी दिए ।

सामुदायिक विद्यालय मात्रै नभएर निजि तथा संस्थागत विद्यालयका विद्यार्थीहरू पनि दोहोरिएको पाइएकोले ती विद्यार्थीहरूको वास्तविकता अध्ययन गर्नुपर्ने अवस्था आएको उनले बताए । यसैगरी, एउटै विद्यार्थीको नाम पनि हिज्जे फरक पारेर फर्जी विद्यार्थी बनाइएको हुनसक्ने भएकोले विद्यार्थीका अभिभावकको विवरण पनि भिडाएर जाँच गर्ने काम गरिएको उनको भनाइ छ ।

‘हाम्रो अनलाइन प्रणाली अंग्रेजी भाषामा छ । अंग्रेजीमा एउटै नामलाई दुई तीन तरिकाले लेख्न सकिन्छ । एकै विद्यार्थीको नाम पनि फरक फरक लेखेर फर्जी विद्यार्थी बनाइएको हुनसक्ने आशंकासमेतलाई ध्यान दिएर अभिभावकको विवरण पनि भिडाएर हेर्दै अध्ययन भइरहेको छ,’ प्रवक्ता भट्टराईले भने । उनले अहिलेको अध्ययनले विद्यालयमा विद्यार्थीका नाममा राज्यस्रोतको अपचलन हुँदै आएको हुनसक्ने सम्भावनाबारे यथार्थ सार्वजनिक गर्ने बताए ।

अनलाइन प्रणालीका आधारमा आएको नतिजाले धेरै समस्या देखिएका क्षेत्रमा स्थानीय तह, जिल्ला शिक्षा समन्वय इकाई र मन्त्रालयसमेत तीन तहको अनुगमनबाट यथार्थ विवरण लिने काम भइरहेको पनि बताए । ‘सामान्य शंकास्पद अवस्था देखिएको विद्यालयमा स्थानीय तहका शिक्षा शाखामार्फत पनि स्थलगत अध्ययन गराइँदैछ । अलि धेरै समस्या देखिएको ठाउँमा जिल्ला शिक्षा समन्वय इकाई र अति नै गम्भीर समस्या देखिएका ठाउँमा केन्द्रबाट पनि टोली खटिएर स्थलगत अध्ययन गरिने कार्यादेश दिइएको छ । विद्यार्थीहरूको टाउको गनेर समेत तथ्यांक भिडाइनेछ,’ भट्टराईले भने ।

छानबिनबाट आएको नतिजाका आधारमा सरकारलाई आवश्यक कारबाहीका लागि सिफारिस पनि गरिने उनले बताए । सामुदायिक विद्यालयमा निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई पनि भर्ना गराएर उनीहरूको नाममा आउने अनुदान रकम अपचलन हुने गरेको आरोप लामो समयदेखि लाग्दै आएको थियो । यस्ता विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि केही मुद्दाहरू दायर गरेको थियो । यसैगरी, विद्यालयमा भर्ना सङ्ख्याको तुलनामा निकै कम विद्यार्थीहरू उपस्थित हुने गरेका छन् ।

थोरै विद्यार्थीहरू उपस्थित भए पनि दिवा खाजाका नाममा प्राप्त हुने अनुदान भने सबै विद्यार्थीको नाममा भुक्तानी लिएर पनि अपचलन हुने गरेको अभिभावकहरू बताउँछन् । सरकारले अहिले यी सबै अनियमितताको छानबिन गर्नेगरी अध्ययन अघि बढाएको हो । सरकारले यसअघि गत असोज २ गते परिपत्र गरेर असोज मसान्तभित्रै फर्जी र दोहोरो प्रविष्टि हटाउन सबै सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको थियो ।

तर, पटकपटक ताकेता गर्दा समेत निर्देशन पूर्ण रूपमा पालना नभएपछि कात्तिक १९ गतेको मन्त्रीस्तरीय निर्णयबाट सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा ५ सदस्यीय ‘अध्ययन तथा अनुगमन समिति’ गठन गरिएको थियो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यो विषयलाई गम्भीरताका साथ लिएको र दोवी सबैलाई कारबाही गर्न प्रतिबद्ध रहेको बताउँदै आएका छन् ।

छानबिन समिति गठनपश्चात् उनले यस विषयमा धारणा राख्दै प्रतिविद्यार्थी लागत अनुदानका नाममा जाने राज्यकोषको एक–एक रूपैयाँँ वास्तविक विद्यार्थीसम्मै पुग्नुपर्छ भन्नेमा आफरुहरू प्रष्ट रहेको बताएका थिए । ‘तर, एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा कक्षाकोठाको यथार्थ उपस्थितिभन्दा फरक र दोहोरिएका विवरण कायम राखेर बजेट हिनामिना गर्न खोजिएको विषयलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन,’ उनले भनेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ११ गते बिहीबार