भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको अवैध लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालगन्ज नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याउँदै गरेका कपडा सशस्त्र प्रहरीले आइतबार बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको नेतृत्वमा गएको टोलीले आइतबार अवैध कपडा नियन्त्रणमा लिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका– १५ पिप्रहवा नाकाबाट नेपाल भिœयाउँदै गरेका कपडाहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ । बरामद गरिएको अवैध कपडाको मूल्य अन्दाजी दुई लाख ७२ हजार ३८० रुपैयाँ रहेको छ ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका लत्ताकपडामा लेडिज सुट, लेडिज साडी, नेटको थानको कपडा, थानको कपडा, जेन्टस अन्डरवेयर छन् ।
बरामद गरिएका लत्ताकपडालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्