19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

एकै दिन सात हजार ९ सय ८९ सङ्क्रमित निकाे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८  

काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएकाे परीक्षणमा आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज पुष्टि भएका सङ्क्रमितमध्ये दुई हजार चार सय ८६ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई सय ४६ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार ६ सय ५७ पुगेको छ । साभार उज्यालो

 

 

प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८     6:22:38 PM  |