कोहलपुर , चैत्र ७
नेपाली काँग्रेसका निवर्तमान केन्द्रिय सदस्य एवम् नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष महेन्द्र कुमार शर्माले नेपाली काँग्रेसले अव संविधान कार्यन्वयनमा जोड दिनु पर्ने बताएका छन् । नेपाल काँग्रेस कोहलपुर नगर कार्य समितिले आयोजना गरेको नेपाली राजनीतिका शिखर पुरुष स्वा. गिरीजा प्रसाद कोईरालाको छैटौं स्मृति सभामा बोल्दै नेपाली काँग्रेसको नेतृत्वमा संघिय लोकतन्त्रीक गणतन्त्रात्मक संविधान जारी भएकाले संविधान कार्यन्वयनको जिम्मेवारी पनि काँग्रेसकै रहेको उनले बताए । ‘गिरीजा बाबुले देखाएको शान्ति र संविधानको बाटोमा हामी सबै हिड्नु पर्छ’ उनले भने ‘गिरीजा बाबुले पुरा गर्न नसकेका कामहरु सुशिल दाले पुरा गर्नु भयो र सुशिल दाले पुरा गर्न नसकेका कामहरु भर्खरै निर्वाचित कार्य समिति र नेतृत्वले गर्ने जिम्मेवारी आएको छ ।’ गिरीजा प्रसादलाई लोकतन्त्रीक आन्दोलनका नेतृत्वकर्ता मात्रै भन्ने नहुने भन्दै हिंसाको राजनीतिबाट माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने एक महापुरुष समेत रहेको उनले बताए ।
त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस बाँके जिल्ला पार्टी सभापति किरण कोइरालाले नेपालमा भएका विभिन्न परिर्वतनको नेतृत्व गरेको काँग्रेसलाई कुनै पनि ताना शाहले सिध्याउन नसक्ने बताईन् । ‘गिरीजा बाबुले हामीले धेरै कुरा दिनु भएको छ’ उनीले भनिन् ‘हामीले अब धेरै लडाई लड्नु आवश्यक छैन् ।’
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गिरीजाले देखेको सपना पुरा गरेरै छाड्ने प्रतिवद्वता जनाए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रवेश गरका थिए ।
कार्यक्रममा नेपाल साँस्कृति संघ बाँकेको समन्वय रहेको थियो । नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिका सभापति बलराम शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम सञ्चालन सचिव भुम भण्डारीले गरेका थिए ।
प्रकाशित मिति : २०७२ चैत ७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्