कोहलपुर।
बाँकेको कोहलपुरमा दुवै मृगौला पिडित टेक केसी बचाऔं अभियान समिति गठन गरिएको छ । के कस्ता कार्यक्रम गरी आर्थिक संकलन गर्ने सकिन्छ भन्ने उद्देश्यका साथ समिति गठन गरिएको हो ।
सो समितिका संरक्षक बागेश्वरी बहुमुखी क्याम्पस प्रमुख शिशिर कुमार शर्मा रहेका छन् । क्याम्पस प्रमुखका अनुसार समितिले शैक्षिक संस्था, सहकारी, बैंक, उद्योगी, व्यापारी तथा विदेशमा रहेका विभिन्न नेपालीहरुलाई समेत सहयोगको लागि अपिल गर्नेछ ।
बागेश्वरी बहुमुखी क्याम्पसका पुर्व स्वतन्त्र विद्यार्थी संगठनका अध्यक्ष सुर्य रोकायको संयोजकत्वमा १५ जनाको समिति गठन भएको छ ।
जसमा दिनेश केसी, खेमराज शर्मा, कुश्माखर बत्स्याल, विजय काप्mले, राम प्रसाद पाण्डे, हेमन्त भट्राई, महेश बस्नेत, विनोद थापा, कल्पना कार्की, विजय पुडासैनि, विपिन पौडेल, राजेश वली, गिता शाही लगायत रहेका छन् ।
यस्तै सल्लाहाकार समितिमा खगराज पन्त, तोयानाथ पहाडि, पुष्करनाथ रिजाल, राज कुमार चन्द, टेकेन्द्र कुमार महतरा, ज्ञानेन्द्र शाही, ललित प्रकाश चन्द, एकराज शर्मा, शिव प्रसाद रेग्मी, अव्दुल हुसेन खाँ, प्रकाश सिग्देल, दिक्षा केसी रहेका छन् ।
यस्तै आर्थिक समितिमा एकराज शर्माको संयोजकत्वमा कमिटि गठन भएको छ ।
जसमा सुमन घिमिरे, डिल्ली शाही रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्