सम्पादकीय: सहकारीमा महिला सहभागिता



आर्थिक क्रान्तिको माध्यमको रुपमा लिईन्छ सहकारीलाई । सहकारी आर्थिक रुपान्तरणको माध्यम समेत हो । देशको अर्थतन्त्रको एक प्रमुख हिस्सेदार । सहकारी मार्फत देशको आर्थिक विकासमा निकै ठूला प्रभाव परेको छ । नीजि क्षेत्रको प्रमुख आर्थिक परिवर्तनको माध्यम पनि सहकारी हो । सहकारीको सम्मुचित विकासलाई प्रमुख प्राथमिकताका साथ हेरिएको छ । नेपालमा सरकारी क्षेत्रमा विषेश गरी महिलाहरुको आर्थिक रुपान्तरणमा निकै ठूलो भूमिका खेलेको छ । ‘खुसी नेपाली र समृद्ध नेपालको’ नारालाई पुर्ण रुपमा साकार पार्नको लागि सहकारी क्षेत्रको विकास हुनु पर्ने देखिएको छ । विगतको भन्दा अहिले सहकारी क्षेत्र केही फराकिलो समेत बन्दै गईरहेको छ । यसको लागि सबै एकजुट भएर आर्थिक समृद्धिका लागि अघि बढ्नु पर्ने देखिन्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सहकारी र महिला पर्यावाची जस्ता छन् ।

नेपालमा रहेका करिब ३७ हजार सहकारीमा सबै भन्दा ठूलो हिस्सा महिलाहरुको रहेको छ । सहकारी र समृद्धि शसक्तिकरणका माध्यमबाट महिलाहरु आर्थिक रुपमा समेत बलियो भन्दै गएका प्रसस्त उदाहरण छन् । विषेशगरी आर्थिक उपार्जनका दृष्टिले पुरुष भन्दा महिलाहरु पछि हुने गर्दछन् । तर त्यसको अभाव केही भएपनी सहकारीले पुरा गरिदिएको छ । सहकारी कै माध्यमबाट नेपालका महिलाहरुले आर्थिक क्रान्ति गरिरहेका छन् । यस मानेमा की सहकारी सम्बन्धि सरकारी तथ्यांक समेत महिलाले गरेका सहकारी नाफामा रहेको र चुस्तदु्रस्त रहेको बताउँछ । यसैका माध्यमबाट महिलाहरुले स्वारोजगार मात्रै होईन् । आर्थिक रुपमा सवल समेत बन्दै गईरहेका छन् ।

देशको परिर्वतित सन्दर्भमा सहकारी क्षेत्र प्राथमिकतामा रहने कुरामा दुईमत छैन । ग्रामिण क्षेत्रका महिलाहरुलाई सहकारी मार्फत समाजको मुलप्रवाहमा ल्याउनको लागि स्वारोजगारीका कार्यक्रम, तालिम प्रदान, सिपमुलक बनाउने तर्फ ध्यान दिन समेत जरुरी रहेको छ । सहकारी र महिलालाई सँग सँगै अघि बढाईनु पर्छ । जसको लागि सहकारी सरकारको प्राथमिकतामा हुनुपर्ने हुन्छ । राम्रालाई प्रोत्साहन र नराम्रोलाई दण्डित गर्ने व्यवस्था अनुसार समेत कडाई गर्नु पर्ने आवश्यकता देखिन्छ । सहकारी क्षेत्रमा पक्कै पनि केही समस्याहरु छन् । त्यसको लागि समय मै नीति तथा कार्यक्रमको पुर्ण पालना हुनुपर्छ । सहकारी र महिला शसक्तिकरणलाई प्रमुख मुद्धाको रुपमा उठाईनुपर्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २ गते सोमबार