अगैयाको आर्यघाट मलामीहरुले गरे सरसफाई, भिडियो पनि हेर्नुहोस् ।



कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका अगैयामा रहेको आर्यघाट आज सरसफाई गरिएको छ ।

आर्यघाटमा फोहोरले दुघन्धित भएपछि साहित्यकार सागर गैरेको नेतृत्वमा सरसफाई कार्यक्रम गरिको थियो ।

त्यहाँ भएका कपडा, बोतल र अन्य फोहोर भएकोले सरसफाई गरेको गैरेले बताए ।

कोहलपुरबाट गोपाल प्रसाद चापागाईको दहासंस्कारलाई अगैयाको आर्यघाटमा पुगेका थियौं उनले भने, यहाँ आउने अन्य मलामी र अन्य व्यक्तिहरुले पनि सरसफाई गरुन भन्ने सन्देश दिनका लागि यो सरसरफाई गरेका हौं ।

यहाँ दैनिक रुपमा फोहोर फैलिदै जाने हुनाले सरसफाई सबैले सरसफाई गर्नुपर्नेमा जोड दिएका थिए ।

कोहलपुर, शम्शेरगंज, कौशिलानगर, राप्तीसोनारी लगायत क्षेत्रका मानिसहरु दाहासंस्कारको लागि यहाँ ल्याउने गर्दछन ।

नरेन्द्र न्यैपाने, नरेन्द्र शर्मा, लक्ष्मण पौडेल, प्रत्यन केसी, बलराम शर्मा काप्ले लगायत कोहालपुरको बजार बासीहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २७ गते बुधबार