शुभाकर विश्वकर्मा,कोहलपुर ।
फौजी किराको संक्रमण पुष्पखेती समेत भेटिएको छ । बाँकेमा धान खेतीमा देखिएको फौजी किरोको संक्रमण पुष्पखेतीमा समेत भेटिएको हो । कोहलपुर नगरपालिका ५, मा सुरु गरिएको पुष्पखेती फौजी किराका कारण नष्ट भएको छ । गत वर्षको फागुन महिनाबाट सुरु गरिएको पुष्पखेतीमा समेत यस्तो समस्या देखिएको हो । तिहार नजिकिदैँ गर्दा फूल बेच्ने समयमा फौजी किराको कारण फूलहरु नष्ट भएपनि कृषक चिन्तित भएका छन् ।
वडा नम्बर ५, भाडामा लिएर आठ कट्ठा जमिनमा पुष्पखेती गरिएको थियो । बेच्ने समयमा फौजीका कारण वर्षको भरीको लगानी डुबेको सुविदिप पुष्प उद्यान केन्द्रकी संचालक विष्णु चौधरीले गुनासो गरिन् । उनका अनुसार पहिलो पटक उद्यानमा फूल फुलेको थियो । चौधरीले साढे चार लाख व्यक्तिगत लगानीमा खेती सुरु गरेका थिईन् । तर फौजी किराले फूलहरुमा संक्रमण गर्दा क्षती पुगेको छ । यसपालिको तिहारमा स्थानीय स्तरमै फुलेको फूल बेच्ने उनको सपना पहिलो वर्ष मै अपुरो भएको छ । भन्छिन्, पहिलो गाँस मै ढुंगा लाग्यो । फौजी किराले मेरो लगानीमा धक्का पुगेको छ ।
‘वर्षभरीको मिहेनत खेर जाने भयो’संचालक चौधरीले भनिन्,‘ सोचे अनुसार उत्पादन बेच्न नपाईने भयो ।’ फौजी किराका कारण फुलेर बेच्ने भएको फूल उद्यानमा पुरै ओईलाएको छ । पुष्पखेतीको लागि ४५ हजारमा बेर्ना खरिद गरिएको थियो । हजारौँको संख्या फुलेको हजारी फूलमा पहिलो पटक फोजी किराको संक्रमण देखिएको छ । उद्यपी केही बाँकी रहेका फूल भने उनले बेच्ने तयारी गरेकी छन् । प्रति केजी ५ सय रुपैयामा हजारी फूल बेच्ने उनको तयारी छ ।
मंगलबार भूमि व्यवस्था एंव कृषि सहकारी मन्त्री आरती पौडेल सहितको प्रतिनिधि मण्डलले स्थलगत अनुगमन ग¥यो । मन्त्री पौडेलले क्षती विवरण सहित निवदेन पेश गरेमा सहयोग गर्ने आस्वासन दिईन् । मन्त्री पौडेलका अनुसार पुष्पखेतीको विस्तारका लागि सहयोग गरिनेछ । कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मका अनुसार पुष्पखेतीमा उत्पादन भएको फूल बजारीकरणको लागि पहल गरिनेछ ।संचालक चौधरीले पुष्पखेती विस्तारका लागि व्यवसाय विस्तार गरिने बताएकी छन् ।








प्रतिक्रिया दिनुहोस्