नेपाली सेनाको पश्चिम हवाई बेस सुर्खेतमा



सुर्खेत ।

नेपाली सेनाले पश्चिम एयर बेस सुर्खेतमा स्थापना गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेत स्थित नेपाली सेनाद्वारा स्थापना भएको पश्चिम एयर वेश सञ्चालनको सुरुवात गरेका छन् । सेनाले पश्चिम र पूर्वमा एयर वेश स्थापना गरि काठमाण्डौबाट मात्रै प्रदान गर्दै आएको हवाई सुविधालाई देश ब्यापी बनाएको हो ।

सुरक्षित हवाई क्षमता वृद्वि गर्ने उद्देश्यले सुर्खेत स्थित पश्चिम एयर वेशमा ह्याङ्गगर निर्माण कार्यको थालनी भईसकेको र हाल एम आई १७ सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ गरी हवाई सेवाको पहुँच वृद्वि गर्ने कार्यको सुरुवात गरिएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेब पाण्डेले बताए ।

उनले आगामी १० वर्षभित्र हवाई साधन थप गरि दोस्रो मर्मत संभार सहितको सेवा प्रदान गर्ने उद्देश्य रहेको बताए । नेपाली सेनाको हवाई पारवहन क्षमतालाई उपत्यका बाहिर समेत विस्तार गरि सेवा प्रदान गर्ने कार्यक्रम अनुसार सुर्खेतस्थित एयर वेशले पश्चिम तथा सुदुरपश्चिमका जनताहरुलाई विपद् तथा आकस्मिक घटनाहरुको समयमा छिटोछरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा मद्दत्त गर्नेछ ।

कार्यक्रममा युद्वकार्य महानिर्देशक, व्यवस्था नीति तथा योजना महानिर्देशक, प्रबन्ध तथा संभाररथी, सैनिक हवाई महानिर्देशक, उत्तर पश्चिम पृतनापतिलगायत उच्च पदस्थ सैनिक अधिकारीहरुको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १८ गते बुधबार