कोहलपुरको साझा चोकमा दुर्घटनाः एकको मृत्यू, एक गम्भिर घाइते



कोहलपुर ।
बाँकेको कोहलपुरमा भयानक सवारी दुर्घटना भएको छ । कोहलपुरको प्रमुख चोक मध्येमा पर्ने साझा चोकमा बिहीबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यू भएको छ भने एक गम्भिर घाइते भएका छन् ।

नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ त ६४६९ नम्बरको ट्रयाक्टर र कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे ४ प ७३२९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यू हुनेमा मोटरसाईकल चालक कोहलपुर ८ का ६० बर्षीय खड्क बहादुर घर्ती मगर रहेका छन् । मोटरसाईकल पछाडि बसेकी ५५ बर्षीया श्यामकला घर्ती भने गम्भीर घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार सम्भव नभएपछि चिकित्सकहरुले भारतको लखनउ रेफर गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ ९ गते बिहीबार