16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

सम्पादकीय : मौरी संरक्षणको खाँचो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २०, २०७६  

नेपाल मौरीको पालनको सम्भावना बोकेको क्षेत्र मानिन्छ । देशभरका विभिन्न दर्जन बढि जातका मौरी पालनको प्रसस्त सम्भावना रहेको विभिन्न अध्ययनले समेत पुष्टि गरेको छ । व्यवसायिक मौरी पालनलाई सरकारले समेत प्राथमिकता दिदै आएको छ । समय सुहाउदो, व्यवसायिक र प्रविधिमैत्री मौरी पालनको आवश्यकता महसुश भईरहेको छ । अहिलेको प्राथमिकता देशमा रहेका विभिन्न जातका मौरीहरुको संरक्षणको हो । सरकारी तथा व्यक्तिगत रुपमा मौरी पालन, संरक्षणका कार्य भइरहेपनि मौरी संकटमा पर्दै आएको पार्ईएको छ । धेरै किसानहरुको जिविकोपार्जनको स्रोत समेत मौरीपालन रहेको छ । स्थानीय तहहरुले समेत मौरी पालनलाई प्राथमिकतामा राखेका छन् ।

यसलाई व्यवसायिक रुपमा पालन गर्नको लागि वातारवण सिर्जना गर्नु समयको माग हो । नेपालका पश्चिम क्षेत्रमा पाईने धेरै मौरीका जात मध्ये पुत्का जातको मौरी समेत एक हो । यो विशेषगरी जंगल क्षेत्रमा बढि पाईन्छ । यो मौरीहरु मध्ये सबैभन्दा सानो जात मोरी पनि हो । यो प्रजातीको मौरी भित्रि मधेश क्षेत्रमा हुन्छ । हिउँदको समयमा चिसोका कारण केही सक्रिय नहुने भएपनि अरु समयमा भने यो निकै सक्रिय रहन्छ । यो जंगलका माथै मानिसहरुको आवाती हुने क्षेत्रमा समेत पाईन्छ । विभिन्न एसियाली मुलुकमा यसको व्यवसायिक पालन हुने गरेको छ । यसबाट निकै लाभ लिईरहेका ती देशमा पुत्का जातको मौरी पालक किसानहरुको आम्दानीको स्रोत समेत हो । तर नेपालमा यसको विस्तृत अनुसन्धान हुन सकेको अवस्था छैन ।

पुत्का मौरी र मानव जातीको उत्पती सँगै भएको समेत बताईन्छ । यहाँका केही किसान र सहकारीहरुले समेत पुत्का जातको मौरीको व्यवसायिक पालन गर्छन् । उनीहरुले मौरी संरक्षणको अभियानमा छन् । उत्पादनमा हिसाबले कम उत्पादनका हिसाबले यो मौरी निकै उपयोगी मौरीको रुपमा रहेको छ । गम्भिर खालका रोगको निधानको निम्ति यसको प्रयोग भईरहेको बेला यहाँका भने सरक्षंणको प्रखाईमा छ पुत्का मौरी । अब भने सरकारी तवरबाटै संरक्षणको लागि ध्यान दिनु पर्ने बेला आएको छ । पालनको लागि मात्र नभएर औषधोपचारका लागि समेत यो मौरी निकै उपयोगी मानिएकोले स्थानीय स्तरमा मौरी संरक्षण अभियान सञ्चालन गर्नुका साथै योजनाबद्ध रुपमा अघि बढे मौरी संरक्षण सम्भव रहेको विज्ञहरु बताउछन् । सबैको सहकार्य, सल्लाह र योजनाबद्ध रुपमा अघि बढेमा मौरीबाट प्राप्त हुने फाईदा लिन नसकिनेमा दुईमत छैन् । त्यसैले पुत्का मौरी संरक्षणको खाँचो रहेको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक २०, २०७६     8:18:44 AM  |