कोहलपुर/ इलाका प्रशासन कार्यालय कोहलपुरमा दरबन्दी अनुसार कर्मचारी नहुँदा कार्यालयको काम काजमा समस्या भएको छ । तोकिएको कर्मचारी दरबन्दी अनुसार कर्मचारीको नहुँदा सिमा निरिक्षण बजार अनुगमन लगायतका कामहरु प्रभावित भएको र्ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमालले बताए ।
कार्यालयमा ९ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ५ जना कर्मचारीहरुको भरमा काम गर्नु परेको हमालको भनाइ छ । दरबन्दी अनुसार कार्यालयमा १ जना उपसचिव कार्यालय प्रमुख हुने भएता पनि उपसचिवको दरबन्दी नहुँदा आफु शाखा अधिकृत कार्यालय प्रमुखका रुपमा रहेको हमालले बताए ।
कार्यालयमा रहेको १ जना नायव सुब्बा काजमा जिल्ला प्रशासन कार्यालय बाँकेमा गएको र १ जना कम्युटर अपरेटरको दरबन्दी नै कटौती भएपछि कामकाज थप समस्या थपिएको हमालको भनाइ छ ।
सेवा क्षेत्र ठुलो भएका कारण कार्यालयमा दैनिक ५० देखी ६० जना सम्म सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ । ‘म विहान १० बजे कार्यालयमा हाजीर भएपछि साँझ ५÷६ बजे सम्म पनि कार्यालयमै बस्नुपर्ने हुन्छ सेवाग्राहीको काम नसकि जानु भएन जसरी तसरी सेवा दिनुपरेको छ’ कार्यालय प्रमुख हमालले उनले भने । मासिक रुपमा बजार अनुगमन गर्नुपर्ने भएपनि हाल सम्म सात महिनामा १ पटक मात्र बजार अनुगमन गरिएको बताईएको छ ।
कार्यालयले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिका भित्रका वाििसन्दाहरुलाई सेवा प्रदान गर्ने गरेको छ । गत बैशाख देखी हाल सम्म करिब २५ सय प्रति नागरिकता ५ सय राहदानी ७५ प्रति नाबालिक परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ । त्यस्तै कार्यालले अपाङ्गता भएका व्यक्तिहरु र टाढाका सेवाग्राहीलाई प्राथामिकतामा राखेर काम गर्ने गरेको कार्यालय प्रमुख हमालले बताए ।
कार्यालयमा ईन्धन तथा फाईलिङ ढड्डा समेत अभाव रहेको छ । स्थानीय सरकारले ढड्डा छपाई खर्च व्यवस्थापनमा सहयोग गरेमा कार्यालय संचालनमा सहज हुने उनको भनाई रहेको छ ।









प्रतिक्रिया दिनुहोस्