सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलाको २ लाख ५७ हजारमा झर्‍यो



काठमाण्डौ ।

सुनचाँदीको मूल्यमा गिरावट आउने क्रमले आज पनि निरन्तरता पाएको छ । पछिल्लो मूल्यअनुसार सुन र चाँदी दुवैको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको छ । यससँगै सुनको मूल्य २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसअघि हिजो पनि सुनको मूल्य एकैदिन ६ हजार ३०० रुपैयाँले घटेको थियो । हिजो सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारदेखि नै सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको महासंघले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ४ गते बिहीबार