4 December 2021  |   शनिबार, मंसिर १८, २०७८

अनेरास्ववियु विद्यार्थीहरुद्वारा बागेश्वरी क्याम्पसको प्राङ्गन सरसफाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र ११, २०७७  

काेहलपुर। 

बाँकेको मध्यपश्चिम विश्वविद्यालय अन्र्तगत रहेको बागेश्वरी बहुमुखी क्याम्सको प्राङ्गन सरसफाई भएको छ । बुधबार अनेरास्ववियुका विद्यार्थी नेताहरुले लामोसमयदेखि सरसफाई नगरी फोहोर भएपछि सरसफाई गरेका छन् ।

बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख शिशिर कुमार शर्माले सो कार्यक्रमको उद्घाटन गरेका थिए । अनेरास्ववियुका बागेश्वरी बहुमुखी क्याम्पस विद्यार्थी नेता सुमन जंग क्षेत्रीको नेतृत्वमा सरसफाई कार्यक्रम गरिएको थियो ।

क्षेत्रीका अनुसार शैक्षिक गतिविधिहरु निरन्तर गर्दै आइरहेको बताए । अझै भविष्यमा पनि शैक्षिक समस्याको समाधान र सहकार्य गर्दै जाने उनको भनाई थियो । सो कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य राजेश वली, टोपराज जैसी, देवेन्द्र बुढा,  विद्यार्थी नेता रेेशम ढकाल तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।May be an image of one or more people, people standing and outdoorsMay be an image of outdoors and treeMay be an image of one or more people, people standing, outdoors and tree

प्रकाशित मितिः बुधबार, चैत्र ११, २०७७     6:39:14 PM  |