कोहलपुर/ बाँकेको बैजनाथ गाउँपालिका—६ लालपुरमा जारी सातौँ मैत्रीपूर्ण खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत सेमी फाइनल र फाईनलका सुरु भएका छन् । शुक्रबार सम्पन्न खेलहरुमा वि पोलबाट खेलाइएको खेल अन्र्तगत शिवालय युथ क्लब जी गाउँ फाईनलमा प्रवेश गरेको छ ।
त्यसै गरी ए पोलबाट खेलाइएका खेलहरु अन्र्तगत एभरेष्ट युथ क्लब कौशिलानगर र हरी युथ क्लब खजुरा सेमिफाईनलमा प्रवेश गरेका छन् । त्यस्तै शुक्रबार नै सम्पन्न वडा नं. ३ र ७ बिच भएको खेलमा ट्राईब्रेकर मार्फत वडा नं.७ सेमीफाईनलमा प्रवेश गरेको सचिवालय प्रमुख भक्त बहादुर बोहोराले जानकारी दिए ।
आज (शनिबार) वडा नं ७ र २ बीच पहिलो खेल हुनेछ भने दोस्रो खेल वडा नं.१ र ६ को फाईनल खेल हुने बताइएको छ । त्यस्तै प्रतियोगिताको भव्यताका साथ समापनका गर्नका लागि तयारी भइरहेको क्लबका संरक्षक दिल विश्वकर्मा बताए ।
न्यु जर्नी युवा क्लब बैजनाथको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा विभागीय टिम तथा विभिन्न क्लबहरु गरी २५ वटा र वडाध्यक्षहरुको नेतृत्वमा ८ वटा टिमहरु प्रतिस्पर्धामा छन् ।
खेलमा प्रथम हुनेलाई नगद ७५ हजार ५ सय ७५ र द्वितीय स्थान प्राप्त गर्नेलाई नगद ५१ हजार १ सय ११ रुपैया ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ । खेल न्यू हरियाली सामुदायिक वनको खेल मैदानमा सञ्चालन भइरहको खेल नकआउट सिस्टमबाट खेलाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक धन सप्लार्यस र सह मुख्य प्रायोजक न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूह रहेको छ ।
प्रतियोगितामा बैजनाथ गाउँपालिकाका ८ वटै वडाध्यक्षहरुको नेतृत्वमा ३० देखि ४५ वर्ष सम्मका खेलप्रेमी खेलाडीहरुको सहभागिता रहेको छ । वडाध्यक्षको नेतृत्व विजेता टिमलाई एउटा खसी प्रदान गरिने भएको छ ।
कार्तिक १९ गतेसम्म सञ्चालन हुने खेलमा चर्चित नृत्यांगना आरुषी मगर, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृति प्रस्तुतिहरु समेत रहने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्