ट्रयाक्टर दुर्घटना हुँदा सुर्खेतमा तीन जना घाइते



सुर्खेत,५ चैत/  सुर्खेतमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

सोमबार दिउँसो बाराहाताल गाउँपालिका–८, दमारे नजिकै सोत खोलाबाट बालुवा लिई वीरेन्द्रनगर आउँदै गरेकोे भे १ त ८६१८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा वीरेन्द्रनगर–११, का २६ वर्षीय प्रेम बिक गम्भीर घाइते हुनु भएको छ भने वीरेन्द्रनगर–११, कै १५ वर्षीय नविन सुनार र १८ वर्षीय प्रेम शाही घाइते हुनुभएको छ ।

ट्रयाक्टर आफै अनियन्त्रित भै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ५ गते सोमबार