मिसन समाचारदाता :कोहलपुर,२९ फागुन/ बाँकेको कोहलपुर नगरपालिका २ स्थित गोरखा युनाईटेड पब्लिक स्कुलले १०८ औँ अन्तराष्ट्रिय नारी दिवस सप्ताहव्यापी रुपमा सोमवार सम्पन्न गरेको छ.
विद्यालयले विभिन्न कार्यक्रम आयोजना तथा सहभागीता जनाएर सप्ताह व्यापीरुपमा नारी दिवस मनाएको विद्यालयकी शिक्षिका लाक्पा लाामाले जानकारी दिईन । विद्यालयले नेपालगजमा आयोजना गरिएको ¥याली अन्तरक्रिया तथा नारी हिंसा सम्बन्धी कविता वाचन ‘मानव वेचविखन विरुद्ध हाम्रो यात्रा’ विषयको सडक नाटकमा सहभागिता जनाएका थिए ।
नारी दिवसको अवसरमा पारेर २७ गते आइतवार विद्यालयले सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको शैक्षिक स्तर वृद्रि गर्ने हेतुले महिला अधिकार विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । विद्यालयका सह प्राचार्य साधना थापाले उक्त कार्यक्रमको उद््घाटन गरेकी थिईन।
उद्घाटन कार्यक्रमका वोल्दै सह प्राचार्यले विद्यार्थीहरुलाई शिक्षा मात्रको ज्ञान नदिन आफु भित्रको प्रतिभालाई विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप मधये वक्तृत्व कला मार्फत विद्यार्थीको निम्ति आफ्नो क्षमता पर्दशन गर्ने अवसर समेत भएको वताइन ।
उक्त कार्यक्रम चार वटा विद्यालयको सहभागीता रहेको थियो भने गोरखा युनाइटेड पब्लिक स्कुलमा छात्र प्राजिक के.सी प्रथम स्नेह ढकाल द्धितिय र ज्ञान ज्योति मा. वि., वगिया कोहलपुरकी छात्रा हिमा शाही तृतीय भएका थिए । सो कार्यक्रमको पुरस्कार वितरण निर्णायकहरु केशव भण्डारी, सूर्य कार्की लोकेन्द्र बुढाले संयुक्त रुपमा गर्नु गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्