बर्दिया,२० फागुन/ बर्दियाको मधुवन नगरपालिकामा आजबाट मधुवन महोत्सव शुरु हुँदैछ । मधुवन औधोगिक व्यापारिक कृषि तथा पर्यटन महोत्सव २०७४ को सम्पुर्ण तैयारी पुरा भएको महोत्सवका मुल समिति संयोजक उद्योग वाणिज्य संघ कुसुम्बाबजार सानोश्रीका अध्यक्ष देबेन्द्रप्रसाद तिमिल्सेनाले बताएका छन् ।
प्रेस क्लब अफ नेपाल पी सी एन्संगको साक्षात्कारमा अध्यक्ष तिमिल्सिनाले नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधि तिवारीले दिउँसो १ बजे एक समारोहका बीच उद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सवमा उपस्थित हुन जनप्रतिनिधि, व्यापारी, सर्वसाधरण, सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारी, संचारकर्मी सबैलाई आग्रह पनि गरे ।
देश निमार्णमा उद्योग व्यापारको आवश्यकता, व्यवसायिक हितसंगै सामाजिक एकता भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघ कसुुुम्बाबजार सानोश्री तारातालको भवन निमार्ण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको महोत्सवको तयारी पुरा भएको छ । आज देखि २९ गते सम्म १० दिनसम्म सञ्चालन हुने मधुवन महोत्सवलाई सफल पर्न स्थानीयहरुको पूर्ण रुपमा सहयोग हुने उनको विश्वास छ ।
शनिबार भएको साक्षात्कारमा अध्यक्ष तिमल्सिनाले महोत्सवमा अभिनेता निखिल उप्रेती, लोक गायिका देवी घर्ती, रामजी खाँड, बद्री पंगेनी, खुमन अधिकारी, पुष्कल शर्मा, दुर्गेश थापा, पूर्णकला विसी, मिष्टर आरजे, रमेशराज भट्टराई, चक्र बम, गोपाल नेपाल, टंक तिमल्सिना, भूमिका गिरी, अर्जुन कौशल र हाँस्य कलाकारद्वय प्रकाश कँडेल ‘गुलेली कान्छा’ र बलराम सरकार ‘जादुगर’को विशेष प्रस्तुति रहेने बताए । सोही अवसरमा हुने २५ हजार पुरस्कार राशीको मधुवन नगरस्तरीय खुला नृत्य प्रतियोगिता समेत गरिने आयोजकले बताएको छ ।
मधुवन औद्योगिक व्यापारिक कृषि तथा पर्यटन महोत्सव २०७४ मा घरेलु उद्योगबाट उत्पादित वस्तु, दैनिक उपभोग्य सामग्रीहरु, अटोमोबाइल, कृषि उत्पादन तथा जडिबुटीहरु, हस्तकला, सुचना मुलक सामग्रीहरु, सुचना प्रविधि, स्थानीय परिकार, सांस्कृतिक झलक, निमार्ण समाग्रीहरु, पुस्तक , उत्पादन तथा परामर्श सम्बन्धी बिशेष ज्ञान, गार्मेन, जुत्ता तथा पस्मिना, झुला, नाउ, ड्रागन, टे«न, मौतका कुवा लगायतका २०० भन्दा बढीको स्टलहरु राखिने तिमिल्सेना बताएका हुन् ।
महोत्सवबाट मधुवन नगरपालिका भित्र पर्ने खाता संरक्षित क्षेत्र तथा अन्तर्राष्ट्रिय जैविक मार्ग, खाता होमस्टे, गैंडा र बाघ पाइने शिव सामुदायिक, नेपालको सबभन्दा लामो गेरुवा नदिको पुलका साथै बर्दिया राष्टिय निकुञ्ज, कृष्णसार, बढैयाताल लगायतको ऐतिहासिक तथा पर्यटकीय ऐतिहासिक क्षेत्रको प्रचारप्रसार समेत हुने उद्योग वाणिज्य संघ कुसुम्बाबजारका उपाध्यक्ष झक्कबहादुर बोहराले पत्रकार भेटघाटमा बताएका हुन् ।
मधुवन नगरपालिका अन्र्तरगत स्थानीय भाषा, कलासंस्कृति र साहित्यको विकास गर्न, कृषि औद्योगिक तथा पर्यटकीय क्षेत्रको विकास, पर्वद्धन गर्दै आर्थिक वृद्धि तथा विकास गर्न र स्वदेशी उत्पादनहरुको निर्यात प्रर्वद्धन एवम् आन्तरिक बजार सुदृढ पार्दै आयातलाई प्रतिस्थापन गर्ने महोत्सवले लक्ष्य लिएको उपाध्यक्ष बोहराको भनाई छ








प्रतिक्रिया दिनुहोस्