30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

कोहलपुर महोत्सवमा रमेशले दर्शकलाई छमछमी नचाए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

कोहलपुर,७ फागुन/  कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको आईतबार गायक रमेश राज भट्टराईले “बेउला बनाउँछु भन्थी बहुला बनाएर गई” बोलको गीत गाउँदा उपस्थिति दर्शकहरुख छमछमी नाचेका थिए ।

साथै उनले “तिम्रो मोहन रुप छ, बबाल भो बबाल भो, मेरी नथिया वाली, मेरी झुमा वाली लगायतका गीतहरु गाएर दर्शकलाई भारपुर मनोरञ्जन दिएका थिए । त्यस्तै गायिका टिका पुनले सलल बगेको भेरी नदी, म नाँचे, समालेर राख पाउजु, मलदाई त हेन्सम केटा चाहिन्छ, सनसनी यो मुटु खाईरहेने, कान्छी
माया लगायत आधा दर्जन गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेक थिईन् ।

त्यस्तै गायक बैकुण्ठ महतले “हाम्रो नेपाल हामी नेपाली, पानी जहाज, मान्छेको जिन्दगानी, ईशारा दियो, मादल लैझा रुपमाल बैना लगायतका गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।

स्थानीय अचार दर्शकको रोजाईबाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ मा स्थानिय उत्पादनका रुपमा रहेको अचार दर्शकहरुको रोजाईमा परेको छ ।

सिद्वार्थ ए वान अचार कपिलवस्तुले उत्पादन गरेको आचार महोत्सवमा दर्शकको आकर्षणका रुपमा रहेको छ । दैनिक ३० हजार बराबारको कारोबार हुने गरेका सञ्चालक मिना गुरुङ्गले बताईन् ।

उनका अनुसार अकवरी, खुर्सनी, लसुन, आपको अचार, लप्सी गुलिया आकर्षणका रुपमा रहेको उनले बताईन् । स्थानिय स्तरमा उत्पादन भएको आचार दर्शकहरुको रोजाई पर्ने गरेको पाईएको छ ।

त्यस्तै ढाका टोपि, ढाकाको ब्याक, पुरुष पर्स, महिला पर्स, सारी लगायतका ढाकाको कपडालाई दर्शकहरुको रोजाईमा परेको पाईएको छ । विशेष गरी पाको उमेरका दर्शकहरुले ढाकाको कपडालाई मन पराएको महोत्सवमा स्टल राखेर बसेका पाल्पाली मदन पोखरा ढाका टोपीका सञ्चालक पुणन आचार्यले बताईन् ।

उनका अनुसार कोहलपुर महोत्सवमा ढाकालाई विशेष महत्व दिएको बताईन् । कोहलपुर महोत्सवको आज राष्ट्रिय कलाकार नेपालका चर्चित पप गायिका टंक तिमिल्सेना, लोक गायिका मिलन लामा र जीवन दाहाल लगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

राष्ट्रिय कलाकार सँगै स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने कला संस्कृति, अतिथि अत्कार, यातायात तथा अवास व्यवस्थापन उपसमितिका संयोजक नम प्रसाद शर्माले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     6:55:10 AM  |