सोचे जस्तै आम्दानी गर्न सक्छौ भन्ने कुरामा विश्वस्त छौ : खनाल



कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा यही गत माघ २६ गते देखी फागुन ८ गते सम्म कोहलपुर उद्योग व्यापार तथा पर्यटन महोत्स संचालन भईरहेको छ । मेला संचालनका लागि विभिन्न उप समितिहरु गठन गरिएका छन । यसै सन्दर्भमा कोहलपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा मेला समितिका आर्थिक तथा टिकट उपसमितिका संयोजक सुनिल खनालसंग मिसनकर्मी कविन्द्र परियारले गरेको कुराकानी :

मिसन संवादमा यहाँलाई स्वागत छ ।
धन्यवाद अनि सबैलाई नमस्कार !

१. टिकट व्यवस्थापनको काम कसरी अगाडी बढीरहेको छ ?
यो टिकट व्यवस्थापनका विषयमा हामीले मेला संञ्चालन पूर्व नै केही गृहकार्य गरेका थियौ यति रकम बराबरको टिकट हामीले बेच्नुपर्छ भन्ने लक्ष्य बनाएका थियौ बहुआयामिक भवन बनाउने जुन हाम्रो लक्ष्य छ हामी त्यही अनुसार अघि बढीरहेका छौ । त्यसमा हामीले टिकट व्यवस्थापनका लागि बरु काउन्टर
बढी भएपनि केही फरक पर्दैन कर्मचारी एक जना बढी भएपनि केही फरक पर्दैन मेला अवलोकन गर्न आउनुहुने दर्शकहरुको सहजताको लागि टिकट वितरण काउन्टर बढी नै छन विगतका महोत्सवहरुमा भन्दा अहिले दर्शकहरुलाई सहज नै भइएको छ ।

२. विगतका वर्षहरुमा आयोजना गरिने महोत्सव भन्दा टिकट वितरणमा अहिले के फरक छ?
अहिले हामीले के गरेका छौ भने टिकट व्यवस्थापन प्रक्रियालाई सहज बनाउन बाहिर पनि कर्मचारीहरु धेरै राखेका छौ महिलाहरुलाई छुट्टै पुरुषहरुलाई छु««ट्टै लाईनको व्यवस्था गरिएको छ । यसले उँहाहरुलाई सहज भईरहेको छ । अपाङ्गता भएका र जेष्ठनागरिकलाई विशेष छुट छ उँहाहरुलाई पनि सहज ढंगबाट मेलमामा प्रवेश गराउने व्यवस्था मिलाईएको छ ।

३. मेला संञ्चालन भएको छैठौ दिन सम्म कतिको संख्यामा टिकट बिक्रि भएको छ ?

हामीले एउटा विद्यार्थी र अर्को नर्मल टिकट छ पचास रुपैयाको विद्यार्थीको चै छुट टिकट हो यो दुवै थरीको गणना गर्दा छैठौ दिन सम्म हामीले करिब ४२ हजार बराबरको टिकट बेचिसकेका छौ ।

४. जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तित्वहरुका लागि छुटको व्यवस्था के छ?
हामीले उँहाहरुलाई सकेसम्म सबैकुरामा सहजता दिने कोसिस गरेका छौ टिकटको हकमा पनि हामी हरुलाई ५० रुपैयामा दिन्छौ भने उँहाहरुलाई १५ रुपैया छुट गरेर ३५ रुपैयामा दिने गरेका छौ ।

५. यहाँ आर्थिक उपसमितको संयोजक पनि हुनुहुन्छ सम्रगमा मेलाबाट कति रकम उठ्ने र कति जति खर्च हुने अनुमान गरिएको छ ?
हामीले पहिलै एउटा प्रस्तावना नै तयार गरिसकेका छौ त्यही लक्ष्यमा पुग्ने हाम्रो प्रमुख उद्देश्य हो हामीले कम्तिमा पनि ८० लाखको सेरोफेरोमा बचत गर्ने लक्ष्य हो म मेलाको आर्थिक समितिको संयोजक भएको हैसियतले सकेसम्म कम खर्च गर्ने पारदर्शी ढंगले खर्च गर्ने सोचेको छु सकेसम्म हाम्रो लक्ष्य भन्दा बढी बचाउने सोचमा प्रयासरत छौ ।

६. यहाँले खर्च कम गर्ने कुरा गर्नुभयो खर्च कम गर्न कस्तो उपाय अवलम्बन गर्नु भएको छ ?
सब भन्दा मुख्य कुरा त हामीले यो समिति नै सानोे बनाएका छौ । जिम्मेवारी बढी दिएका छौ त्यसले गर्दा पनि अटोमेटिक खर्च कम
हुन्छ । आम्दानीको पाटो भनेर एउटा थारु गाउँ छुट्टै बनाएका छौ थारु गाँउमा पनि व्यवस्थित ढंगले टिकट पनि बिकिरहेको हुनाले अलिकती थप आम्दानी त्यहा बाट पनि भएको छ । विगतका मेलाहरु भन्दा यसवर्ष मेला हेर्नेको संख्या धेरै भएको हुनाले हामीले बालउद्यान सबै बाट २ रुपैया बढी खर्च गरि ४ रुपैया बढी लिएको हुनाले खर्चकम हुन्छ र सोचे जस्तै आम्दानी गर्न सक्छौ भन्ने कु्रामा विश्वस्त छौ ।

७. काम गर्दै गर्दा कस्ता चुनौतीहरु झल्नुपरेको छ ?
कुनै पनि कामहरु गर्दा चुनौती त भईहाल्छ नि यता काम ग¥यो उता चित्त बुझ्दैन सबैलाई संगै खुसी पार्न पनि सकिदैन एउटाले यो गरौ राम्रो हुन्छ भन्यो अर्काले हुदैन भन्यो हैन र यस्तै हो तर हामीले जसरी भएपनि खर्च कम गरेर काम गर्ने हो । लक्ष्यमा पुग्ने हो ।

८. अन्त्यमा के भन्न चाहानु हुन्छ ?
सबै भन्दा पहिले त तपाई र मिसन टुडेलाई आत्मै दखी धन्यवाद दिन चाहन्छु कोहलपुर उद्योग वाणिज्य सघले कोहलपुरमा मेलाको आयोजनामा गरेको सबैजनाले एकपटक मेला अवलोकन गरिदिनु होला भन्न चाहान्छु । यहाँहरुकै सहयोगका कारण हाम्रो बहुआयामिक भवन बनाउने काम सफल हुन्छ तसर्थ म फेरी एकपटक सबैलाई सहयोग गरिदिन आग्रह गर्दछु ।

व्यस्तताका बावजुत कुराकानी लागि समय दिनु भो यँहालाई धन्यवाद ।
हामीले गरेका कामहरुको सबैलाई जानकारी दिने अवसर दिनु भो यँहालाई पनि धन्यवाद !

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ४ गते शुक्रबार