प्रचारप्रसारको कामलाई व्यापक पारिएको छ : ईश्वर श्रेष्ठ



कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा आज माघ २६ गते दुखि फाल्गुण ८ गते सम्म ‘कोहलपुर औद्योगिक ब्यापार मे तथा पर्यटन महोत्सव २०७४’ संञ्चालन हँुदै छ । मेला संञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेका छन । मेला संचालनका लागि विभिन्न उप समितिहरु गठन गरिएका छन । यसै सन्दर्भमा महोत्सवका प्रचार–प्रसार, व्यानर तथा नगर सजावट समितिका संयोजक ईश्वर कुमार श्रेष्ठसँग मिसनकर्मी कविन्द्र परियारले गरेको कुराकानी                                                                                                                                                                                    –ईश्वर कुमार श्रेष्ठ

                                                                                                                                                                                     

१. मेलाको प्रचार–प्रसार कसरी अगाडि बढाइरहनु भएको छ ?
मेलाको प्रचार–प्रसारको अवस्था निकै राम्रो छ । यो समितिमा म सहित चार जना छौं । तेज बहादुर शाही,धन बहादुर बुढाक्षेत्री,राकेश विष्ट, रविन्द्र खड्का लगायतका साथीहरु छौ । रामु लम्सालले पनि निकै सहयोग गरिरहनु भएको छ । हामीलाई दिएको जिम्मेवारी राम्रो सँग निभाएको महसुस गरेका छौं । प्रचार–प्रसारको कामलाई व्यापक पारिएको छ ।

२. प्रचारप्रसार कसरी गरिरहनु भएको छ ?
हामीले प्रचार–प्रसारलाई ५ तरिकाले अगाडि बढाइरहेका छांै । अनलाइन, पत्रपत्रिका,टेलिभिजन , एफएम रेडियो र माइकिङ मार्फत प्रचार–प्रसार गरिरहेका छौं । अनि सबैतिर ब्यानरहरु लगाएर पनि प्रचार–प्रसार गरिरहेका छौं । सामाजिक संञ्जाल मार्फत पनि मेलाको प्रचार–प्रसार तीब्र्र तरिकाले भइरहेको छ ।

३. आजबाट महोत्सव सुरु हँुदैछ । आम जनमानसमा जानकारीको अवस्था कस्तो पाउनुभएको छ ?
हामीले गाँउ– गाउँमा माइकिङद्धरा प्रचार–प्रसार गरिरहेका छौं । बाँकेको बैजनाथ गाउँपालिका ,राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका लगायतका स्थानहरुका बासिन्दाहरुलाई प्रचार–प्रसार मार्फत जानकारी दिइरहेका छौं । राम्रो प्रतिकृया पाइरहेका छांै । विगतमा आयोजना हुने महोत्सव भन्दा धेरै व्यवस्थित भएको छ भन्ने महसुस गरेका छौं । बाहिबाट पनि निकै राम्रो प्रतिकृया आएको छ ।

४. यहाँको समिति भित्र नगर सजावटको कुरा पनि पर्छ ,नगरलाइ कसरी सजाइएको छ ?
मुख्य गरी चारैतिरबाट मानिसहरु आउने नगरभित्र रहेको चौराहलाई सजाइएको छ । अन्य केही क्षेत्रहरु पनि सजाइएका छन् । अव नगर सजावट भित्र सरसफाई पनि पर्दछ । मानिसहरु लगाएर सरसफाई गरिरहेका छौं । बाँकी मेला स्थल बाहिर पनि सजावट गरेका छौं

५. ब्यानरहरुको व्यवस्थापन कसरी हुँदैछ ? ती लगाइका व्यानरहरुको संरक्षण कसरी गरिदै छ ?
यस्तो छ , हाम्रो चारवटा गेटहरु छन । ती गेटहरुमा हाम्रा चारजना प्रयोजकहरुको मुख्य व्यानर लगाइएकोछ । अन्य व्यापारीहरुको ब्यानरहरु मेला स्थलमा लगाइएको छ । ब्यानरको संरक्षणको सन्दर्भमा हामीले दुई जना व्यक्तिहरु खटाइरहेका छौं । जसले ब्यानर लगाउनुहुन्छ ,उहाँहरुलाई ब्यानरकोसंरक्षण गर्नुपर्छ भनेका छांै । यसले गर्दा ब्यानरहरु चोरी हुने खस्ने र च्यातिने सम्भावना हुदैन ।

६. कतिवटाको संख्यामा व्यानर लगाउने भन्ने केही छ ?
ँ हामीले सबै गरेर करिब १ सय ५० वटा जति व्यानर लगाएदै छौ ।

७.प्रचारप्रसार व्यानर तथा नगर सजावट समितीकासंयोजकमा रहेर काम गर्नू पर्दा कस्ता चुनौतिहरु झेल्न प¥यो ?
सबै साथीहरुले सहयोग गरिरहनु भएको छ खासै चुनौती झल्नुपरेको छैन साथीहरुकै सहयोगका कारण चुनौतिको महसुस गर्न पाएको छैन म सबै सहयोगी साथीहरुलाई धन्यबाद पनि दिन चाहान्छू ।

८.अन्त्यमा केही भन्न चाहानु हुन्छ ?
हामीले हाम्रो यो क्षेत्रमा यति ठुलो महोत्सव आयोजना गर्दैछौं । सबैले अवलोकन गरिदिनुहोस् भन्ने आग्रह गर्दछांै । हामी बामे सर्दै छौं । सबैको सहयोग ,सल्लाह,सुझावको अपेक्षा गरेका छौं ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रबार