प्रदेश ६ मा मुख्यमन्त्रीको कार्यालय स्थापना



सुर्खेत,१९ माघ/ प्रदेश नम्बर ६ मा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्थापना गरिएको छ । शुक्रबार प्रदेश ६ को अस्थायी राजधानी सुर्खेतमा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्थापना गरिएको हो ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को मुख्य सचिवमा नियुक्त हुनुभएका सुरेश प्रधानले पदवहाली गर्नुभएको छ । उहाँले प्रदेश नम्बर ६ को विकासको लागि आफू प्रतिवद्ध भएको र प्रभावकारी रुपमा आफूले जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो ।

उहाँले अबको एक साताभित्रै अन्य मन्त्रालयको व्यवस्थापन गरिसक्ने जानकारी दिनुभयो । शुक्रबार नै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प्रशासन सचिवमा यज्ञराज बोहोरा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा केशब आचार्यले पदवहाली गर्नुभएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रबार