काठमाडौँ।
सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङसँग खेल्ने भएको छ । आइतबार भएको दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई हराउँदै फाइनलमा स्थान बनाएको हो । मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो ।
शाहिद वासिफले ५९ रन बनाएर अविजित रहे । बाबर हायात २४ रनमा अविजित रहे । मलेसियाका विजय उन्नीले २ विकेट लिँदा सायद अजिज र विरानदीप सिंहले १–१ विकेट लिए । खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाएको थियो । विरानदीपले सर्वाधिक ४५ रन बनाए । हङकङका लागि एहसान खानले ४ विकेट लिए । आयुष शुक्ला र मोहम्मद हसन खानले २–२ तथा यासिम मुर्तजाले १ विकेट लिए ।
यसअघि आइतबार नै भएको पहिलो सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो । सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर पूरा ग¥र्यो । ओपनर कुशल भूर्तेल ८ बल खेलेर २० रन बनाउँदै आउट भएका थिए । उनले ३ चौका र १ छक्का प्रहार गरे ।
अर्का ओपनर आशिफ शेख १ रनमै आउट भएपछि कप्तान रोहित पौडेल र लोकेश बमले खेललाई जिततर्फ डोहो¥याएका थिए । कप्तान रोहितले २० बल खेलेर २१ रन बनाए। उनले २ चौका प्रहार गरे । त्यस्तै लोकेसले २६ बलम ४४ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे। बलिङतर्फ ओमानका समीर ओठम्यानले २ विकेट लिएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको ओमानलाई नेपालले १९.४ ओभरमा अल आउट गर्दै ९४ रनमा रोकेको थियो । त्यस क्रममा करण केसीले ३ र सोमपाल कामी र सन्दीप लामिछानेले २÷२ विकेट लिए । शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए ।
नेपालको कसिलो बलिङमा कप्तान शुफ्यान मेहमुदले ३८ रन बनाए । जुबेर अल बलुसीले २२ रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । फाइनल खेल आज सोमबार दिउँसो सवा १२ बजे हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि ओमान र मलेसिया विहान सवा ७ बजेदेखि खेल्नेछन् । नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्