23 September 2023  |   शनिबार, अशोज ६, २०८०

युवा संघद्वारा सिक्टा नहरको अनुगमन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार १९, २०७३  

कोहलपुर, असार १९
परीक्षणकालमै सिक्टा सिचाईको नहर भत्किएपछि युवा संघ नेपाल बाँकेले नहरको अनुगमन गरेको छ । लामो समयपछि सिक्टा सिचाईले निर्माण गरेको नहर परिक्षणकालको प्रारम्भ मै झिँझरी पुलको नहर फुटेपछि युवा संघ बाँकेले शनिबार अनुगमन गर्दै सत्य तथ्य छानबिनका लागि माग गरेको
छ । अनुगमनका क्रममा सिक्टा नहरमा जहाँतही चिरा चिरा परेर भत्कीन लागिएकाले अझ भत्किने सम्भावना रहेको युवा संघ नेपालका अध्यक्ष किशोर थापाले बताए । निर्माण सम्पन्न नहुँदै राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको मूल नहर ठाउँ–ठाउँमा चर्केको बताउँदै थापाले सिक्टाले नै सोझासाझा जनतालाई झुक्याएको आरोप लगाए । झिझरी खोला स्थित मूल बाँध निर्माणस्थलदेखि ३५ किलोमिटर मूल नहरका अधिकांश भाग चर्केको छ । मूल नहरका स्लोप कतै चर्केका छन् भने कतै दबेर भास्सिएका छन् । सरकारको उच्च प्राथमिकतामा रहेको आयोजनाको काम गुणस्तरहीन हुनुमा कमसल निर्माण सामग्री प्रयोग मुख्य कारण भएको मूल नहर निर्माणस्थलका स्थानीय बताउँछन् । यता सिक्टा सिचाइ आयोजनाका निर्देशक सरोज पण्डितले मूल नहर विभिन्न ठाउँमा चर्केको स्वीकार गर्दै परिक्षणकालमा लिकेज हुनु र भत्कीनु सामान्य कुरा रहेको बताएका छन् । परीक्षणकालमै मुलनहर भत्किएपछी सिक्टा सिचाईबाट सिचाई गर्न पाउने आशामा रहेका बाँकेवासी निराश भएका छन् ।

प्रकाशित मितिः आइतवार, असार १९, २०७३     10:42:52 AM  |