21 June 2021  |   सोमवार, असार ७, २०७८

लोकसेवा तयारी कक्षा संचालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार ८, २०७३  

काहेलपुर, असार ८
बाँकेको कोहलपुरमा निःशूल्क बेसिक कम्प्युटर तथा लोक सेवा आयोगको तयारी कक्षा सुरु भएको छ ।
कोहलपुर नगरपाकिलको आर्थिक सहयोग र कोहलपुर महिला सञ्चालको आयोनामा कोहलपुर नगरपालिकाकी महिलाहरुका लागि बेसिक कम्प्युटर तथा लोक सेवा तयारी कक्षा संचालनमा ल्याइएको छ ।

IMG_3121

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधव प्रसाद शर्माले सिप सिकेर आत्मा निर्भर बन्न सकिने बताए । लक्षित वर्गको विकासका लागि राज्यले विशेष ध्यान पु¥याएको भन्दै लक्षित वर्गले यसलाई उपयोग गर्न आग्रह गरे । ‘तालिमले जीवन स्तरमा परिवर्तन आउन सहयोग पुग्ने छ’ उनले भने ‘त्यसका लागि तालिममा सहभागिता जाउने सहभागिहरुले ध्यान दिनुपर्छ ।’  कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७२÷०७३ मा लक्षित वर्गका लागि सात लाख बजेट छुट्याएको थियो ।

बेसिक कम्प्युटर तालिमका लागि केटीसीले जिम्मा लिएको छ भने लोक सेवा आयोगका लागि म्याट्रिकले जिम्मा लिएको छ । कोहलपुर महिला सञ्चालकी अध्यक्ष माया गौतमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राजनीति दलका प्रतिनिधि, कोहलपुर नगरपालिकाका १३ वटै वडा नगरिक मञ्चका संयोजक एवं प्रतिनिधि र ६० जना पशिक्षार्थीको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः बुधबार, असार ८, २०७३     4:03:54 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *