कथाः जित



पुष्पमणि प्रधान

जुना आज बिहानै उठी हतार हतार नुहाइधुावई, ईश्वरको पूजाअर्चना गरी – “हे ईश्वर आज मेरो स्कुलमा कार्यक्रम गर्छ, राम्रोसँग गर्न सकूँ, आशीर्वाद दिनोस्” भन्दै प्रणाम गरी । उसले राम्ररी कपाल कोरी, अनुहारमा ब्रोप्लस क्रिम लगाई । ओठमा गुलाबी लिप्स्टिक लगाई, रातो पूmलबुट्टे सुरुवाल कुर्ता लगाई र ड्रेसिङ ऐनामा आपूmलाई राम्ररी हेरी, मुसुक्क हाँसी । उसले आप्mनो ब्यागमा रातो चौबन्दी चोली, सारी र पहेँलो पटुका, गहनाहरु हाली । एकैछिनमा करुणा, उषा, मदिना साथीहरु आएर सबैजना स्कुलतिर लागे । उषाले जुनातिर हेदैृ भनी– “आज जुनु त कति राम्री देखिएकी छि नि । आज त स्कुलमा बबाल हुन्छ होला ।” सबैले “हो हो” भन्दा हँ मा हँ मिलाएर जुनु लाजले रातीपिरी भइन् ।
लगभग एक हप्ताको नाचगान रिहर्सल भएको थियो । स्कुलका छात्रछात्राहरु सांस्कृतिक कार्यक्रमको निम्ति नाचगान, प्रहसन रातदिन खुबै मेहनत गरेका थिए । जुना, करुणा उषाहरुले एकल र सामूहिक नृत्यमा रातदिन अभ्यास गरेका थिए भने छात्रहरु पुष्कर, नविन, किरणहरुले एकल गीत, उद्घाटन गीतहरु गाउन अभ्यास गरेका थिए । पुष्कर दश कक्षाका विद्यार्थी हुन् । उसले साथीहरुसँग गीत, नृत्य सिकाउने पनि गर्थे । एक पल्ट कसरी कसरी अचानक पुष्करको आँखा जुनासँग जुध्यो, जुनु लाजले रातीपिरी भई । उसका काला नयनहरु अर्धमुदित बने । ऊ मुसुक्क मुस्कुराएर घोप्टो नजर लगाई । त्यस दिनदेखि पुष्करले कताकता हृदयको एक कुनामा जुनुलाई मन पराउन थालेको थियो । ऊसँग बोलुँ बोलुँ र कहाँ कहाँ भेटुँ भेटुँ जस्तो भइरहन्थ्यो । उसलेृ भित्रभित्रै म पराउन थालेको थियो ।

आज स्कुलको स्थापना दिवस, लगभग एघार बजेको छ । स्कुलमा प्रधानाध्यापक किरण सरसहित सर गुरुमाहरु साथै अभिभावकहरुको बाक्लो उपस्थिति छ । हजारौँ विद्यार्थीहरुले हल खचाखच भरिएको छ । चारैतिर होहल्ला र भिडभाड छ । स्कुलको स्टेज पूmलमाला र ब्यानरले सजिएको छ । प्रमुख अतिथि नगरप्रमुख, अध्यक्ष साथै अभिभावकहरु नेता मञ्चमा विराजमान छन् । उद्घोषक नविनले सबैलाई आसन ग्रहण पछि प्रमुख अतिथिले पानसमा दीप बालेर उद्घाटन सम्पनन भयो । ससाना भाइबहिनीहरुले सरस्वती बन्दनामा नृत्य गरे साथै पुष्कर, नविन, किरण, उषा, करुणा, जुनाहरुले उद्घाटन गीत, “स्वागत छ हजुरलाई स्वागत। हामी विद्यार्थीले पूmलमाला । दीप बालेर स्वात छ, पाउना हजुरलाई ।।।।” भन्दै मिठो गीत गाए । सबले खुसीले जोड जोडले ताली बजाए । कक्षा दश बाह्रका विद्यार्थी करुणा, उषा, प्रेरणा, नविन, किराण, सुरजले ‘परिवर्तन’ नामक छोटो प्रहसन प्रस्तुत गरेका थिए । उनीहरु स्कुल ड्रेस सेतो सर्ट कालो पैन्ट र घाँटीमा रातो टाई र राष्ट्रिय झन्डा ओढेर करुणाले अश्रुपूर्ण स्वरमा नाट्य प्रस्तुत  गरिन् “हामी युवाले यो देशमा परिवर्तन चाहेका हौँ । बर्सौँदेखिको भ्रष्टाचार, नातावाद, कृपावाद, घुसखोरले देश बर्बाद भएको छ, युवायुवतीहरु बेरोजगार छन्, उद्योग कलकारखाना बन्द छन् । हामी गरिबका छोराछोरीहरु बेरोजगार र खाडीमा काम गर्न जान पर्छ तर हाम्रा नेताका छोराछोरीहरु विदेशमा मौजमस्ती गछंन्, लाखौँलाख पर्ने घडीवस्त्र लगाएर मस्ती गर्छन् । हाम्रा गरिबका छोराछोरीहरु फाटेका लुगा, ब्याग बोकेर स्कुल पढ्नुपर्छ, के हामी सबैँ मेहनत गरेर पनि गरिब हुने रु हाम्रा बाबा आमा खाडीमा पसिना बगाउनु पर्ने रु यसैले अब यो देशमा हामी परिवर्तन चाहन्छौँ, भ्रष्टाचारमुक्त समाज निर्माण गरौँ” भन्दै प्रहसन गर्दा सबैले ताली बजाएर समर्थन गरेका थिए ।

केही छिनपछि जुनु र साथीहरुको नृत्य प्रस्तुत  भयो, मञ्चमा जोडा जोडले ‘हो। हो वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर। यो हो मेरो प्राणभन्दा प्यारो माइती घर।।।’ बोलको गीतमा जुनुले रातो चौबन्दी चोली, रातो फरिया, घाँटीमा नौ गेडी र तिलहरी, शिरमा शिरबन्दी र कम्मरमा पहेँलो रङको पटुका बाँधेर कम्मर मर्काइ मर्काइ नृत्य प्रस्तुत गरेकी थिई । ऊ गाहुँगोरो मुहार कि काला आँखा पुष्ट वक्षस्थल यौवनको वसन्त आगमन हिमाल कि छोरी सुन्दर फक्रन लागेकी रातो गुलाबको पूmल भैmँ देखिन्थी । उसको यौवन रुपरङमा स्कुलमा केटाहरु कति कति पछि लागेका थिए भनेर साध्य छैन । ऊ स्ुकल कि सबैको आँखा कि तारा थिई, प्रिय थिई । उसको नृत्यले हलमा चारैतिर होहल्ला थपडी र वान्स अगेन भनेर हल्ला भइरह्यो, ताली बजिरह्यो, सिटी बजिरह्यो । भाषण, रमाइलो नृत्य कार्यक्रम भयो, समयले बाटो काट्दै थियो । पुष्करको गीत गाउने पालो आयो, उद्घोषक नविनले गायक पुष्करको नाम उच्चारण ग¥यो, हलमा विद्यार्थीहरुले जोड जोडले ताली बजाएर, सिटी बजाए । पुष्करले बाजाको धुनसहित मिठो स्वरमा नारायण गोपालको गीत गायो ‘कसरी म भुलेँ के मा भुलेँ।।। तिम्रो रुपमा कि रङ्गमा आँखाको भाकामा।।।’ भन्दै जुनुतिर नजानिदो पाराले हेर्दै मिठो स्वरमा गायो । जुनुले पनि आँखाभरि आँसु पार्दै जोडजोडले थपडी मारी । करुणा र उषाले जुनुतिर हेर्दै जिस्काएर ऊ झन् झन् लाजले रातीपिरी भई । लगभग पाँच बजेतिर कार्यक्रम सिद्धियो, सबैजना आआप्mना घरतिर लागे । पुष्कर नविन उषा, जुना, करुणाहरु पनि खुसी हुँदै एकअर्कालाई बधाई दिए र बाटोमा हिँड्दै हिँड्दै कुराकानी गर्दै घरतिर लागे ।  पुष्कर हतारहतार धारामा गएर हातमुख धोयो । आमा पूmलमायाले खाना तयार गरेकी रहिछन् । आमाछोरा सँगै बसेर खाना खाए । आमाले निधारमा रातो टीका र अनुहार खुसी भएको देखेर सोधिन्– “ए पुष्करे, आज त निधारमा रातो टीका र खुसी छेस् नि  के भयो नि रु के खुसीमा टीका लगाइस् त रु” “ए आज स्कुलमा कार्यक्रम थियो, मैले राम्रो गीत गाएकोले सरले टीका लगाएर पुरस्कार दिनुभयो नि” उसले भात खाँदै जवाफ दियो । “ए, हो र १” भन्दै आमाले पनि खुसी हुँदै भात खान थालिन् ।

रात झमक्क पर्न लागेको थियो । मङ्सिर महिनाको सुरुवात भइरहेको छ । न त जाडो न त गर्मी, मौसम आनन्दको छ । चारैतिर कोठामा बिजुलीको उज्यालो प्रकाश छरिरहेको छ । पुष्करले आप्mनो मोबाइलमा खिचिएका फोटाहरु हेर्न थाल्यो, जुनुका सुन्दर फोटाहरु नाचेका फोटाहरु राम्ररी नियालेर हेर्दै सोच्न थाल्यो– “कति राम्री, हिरोइन जस्ती देखिन्थी, ऊ नाच्दा कति केटाहरु जोडजोडले हल्ला गर्थे, वान्स मोर वान्स मोर भन्दै कलेजका केटाहरुले जिस्क्याउने गर्थे ।” उसलाई कता कता मनमा ती केटाहरुप्रति जलन र ईष्र्या लाग्थ्यो जुनुलाई जिस्काएरकोमा । उसले जुनुलाई मनमनै अव्यक्त प्रेम गर्न थालेको थियो । ऊ दिनरात जुनुको प्रेममा पागल भइरहेको थियो । उसले जुनुको मेसेन्जरमा राम्रा राम्रा फोटोहरु पठाइदियो । उसले जुनु करुणासँग खिचेका फोटाहरु आप्mनो फेसबुकमा पनि राख्यो । एकैछिनमा साथीहरुले नाइस फोटो, नाइस जोडी, सुन्दर तस्बिर भनेर कमेन्ट आउन थाल्यो । ऊ पनि मनमनै खुसी भयो । जुनुले पनि रातको खानाखाएर आप्mनो सुत्ने कोठामा गई । उसले पनि मोबाइल खोलेर हेरी, फेसबुकमा आजको कार्यक्रमका फोटोहरु आएका रहेछन् । उसले म्यासेन्जर खोलेर हेरी, पुष्करले पठाएका फोटाहरु हेरेर खुसी भई । धन्यवाद दाजु, नमस्ते भनेर खबर पठाई, थुप्रै लाइक र लब रियाक्ट गरी, ऊ मनमनै खुसी भई । ऊ रातभरि निदाउन सकिन । कता कता उसको हृदयमा पनि पुष्करको प्रेम बसिरहेको थियो । पुष्करको त्यो मायालु गीत।।।कसरी म भुलेँ केमा मुलेँ तिम्रो रुप नि रङ्गमा आँखामा कि ।।।।। आपूmलाई नै भने भैmँ लाग्यो । उसको मायालु मुहार सम्झिरह्यो, कति अबेरसम्म निद्रा नलागेर पानी बिनाको माछा भैmँ छटपटिरही । कतिवेला मध्यरातमा भुसुक्क निदाइछे ।

दिन, महिना बित्दै गयो । चैत महिनाको आगमन भयो, चारैतिर गर्मी, तातो हावाको लहर चल्न थाल्यो । दुवैजना गुरुवा गाउँको पल्लो विकाशनगर टोलमा बस्थे । दुवैजना जनता मा।वि।मा भेटघाट हुन्थे, एउटै कक्षाका विद्यार्थी थिए । दुवै जना एकअर्कामा कमै बोल्थे, आँखाको भाकामा नजर मा नजर दौडाउँथे र लाजले दुवै जना नजर झुकाउँथे । कक्षाकोठामा जुनुलाई करुणा, उषाले बेलोबेलामा पुष्करतिर हेर्दै “ऊ तेरो हिरोले तँलाई कर्के नजरले हेर्दै छ” भनेर व्यङ्ग्य हान्थे । ऊ लजाएर मौन बस्थी । पुष्करलाई पनि उसका साथी नविन, किरणले जुनुतिर देखाउँदै “ऊ तेरो हिरोइन कति राम्री छे, अस्ति तैँले गीत गाउँदा त कति रमाएकी थिई, कति खुसी भएकी थिई” भनेर व्यङ्ग्य गर्थे, पुष्कर चुपचाप बस्थ्यो ।  चैत्रको दोस्रो साता एस।ई।ई।को परीक्षा सम्पन्न भयो, खै के के चिन्ताले गर्दा जुनुले राम्ररी पढ्न सकिन । परीक्षाको केही दिन अघिमात्र पुष्करले उसको नोटबुकमा सानो मपत्र पठाएको थियो– प्रिया जुनु, मेरो हृदयको रानी, हृदयश्वरी ।  अशेष मायाका कोशेलीहरु ।
आज अनायास मेरो मनको हृदयलाई सम्हाल्न सकिनँ र मेरो धेरै दिनको लामो प्रतीक्षा पछि तिमीलाई यो मेरो छोटो प्रेमपत्र लेख्न लागिरहेको छु । मलाई आशा र विश्वास छ तिमीले यो मेरो प्रेमपत्र स्वीकार गर्नेछौ । प्रिय जुनु, म तिमीलाई धेरै अघिदेखि मायाप्रेम गर्न चाहन्थेँ । मेरो हृदयमा राख्न चाहन्थेँ, तिमीलाई मेरो प्रेमिका बनाउन चाहन्थेँ तर भन्न सकेको थिइनँ । तिमीलाई कठिन परिस्थिति दुखकष्टमा पनि तिम्रो साथ र सहयोग गर्ने छु। हामी दुई एक रथका दुई पाङ्ग्रा वा एउटै सिक्काको दुई पाटो, तन दुई मन एक भएर बाँच्न चाहन्छु ।

प्रिय जुनु, तिमीसँग मैले प्रेमको भिख मागिरहेको छु,

मलाई विश्वास छ तिमीले मेरो प्रेम स्वीकार्ने छौ र जिन्दगीभरि साथ दिने छौ ।

उही तिम्रो ‘परु’

जुनुले आप्mनो कोठामा ढोका बन्द गरेर पाँच÷सात चोटी प्रेमपत्र लुकीलुकी पढेकी थिई । प्रेमपत्रलाई धेरैपटक चुम्मन गरेकी थिई । उसको मुटु डर र खुसीले ढुकढुक गरेको थियो । उसले पुष्करलाई मनमनै मायाप्रेम गर्न थालेकी थिई । आप्mनो प्रेमको राजालाई मुटुको धड्कन भैmँ स्पन्दनमा राखेकी थिई ।  लगभग एक हप्ता यभो, जुनुले कुनै पत्र पठाइनन् । ऊ एक हप्तादेखि घरबाट कतै निस्किनिन् । मोबाइल पनि स्विच अफ गरेकी थिई । पुष्करले कति वल्लो गाउँ पल्लो गाउँको बाटो हे¥यो तर कतै देखेन । ऊ झन् झन चिन्तामा प¥यो, जुनु कता गइन्, यत्रो दिनसम्म कता हराइन् । मेरो चिट्ठीले मन दुखाइन् कि रु आप्mनो आमाबालाई पोल सुनाउने हुन् कि । मलाई आप्mना दाजुभाइ लगाएर पिट्ने पो हुन् कि भन्ने जस्ता डरले उसलाई चिन्तामा पारिरह्यो ।  जुनु एस।ई।ई। परीक्षा सिध्याएकोले आमासँग मामाघर सुर्खेत गएकी रहिछे । लगभग एक हप्ता जति बसेर ऊ घरमा आई, उसले म्यासेन्जरमा उसलाई भेट्ने आग्रह गरी, दुवै जना विकाशनरबाट वाटरपार्कको चिया चौतारीमा बसेर चिकन मोमो र कोक पिएर । आज जुनु गुलाबी टिसर्ट र निलो जिन्स पैन्ट लगाएकी, कालो गोलो आँखा, कालो रुमाल, मिलेका दाँतका लहर पुष्ट छाती, यौवनको लहर चलेको पूर्णिमाको चन्द्र भैmँ सुन्दरी स्निग्ध देखिन्थी । पुष्कर पनि निलो जिन्स पैन्ट, निलो टिसर्ट लगाएको अग्लो कदको सुन्दर देखिन्थ्यो । उसको गोरो मुहारमा भरखर जुँगाको रेखी बसेको थियो । कुनै फिलिमको नायक भन्दा कम थिएन ‘परु’ । दुवै जना वाटरपार्कको तलाउ नजिक बसेर पानी छ्यापाछ्याप गरे, रमाए खुसी भए । परुले जुनुको मुहारमा एक अँजुली पानी छ्यापिदियो । जुनुले पनि परुको मुहारमा पानी छ्यापिदिई । फोटो खिचे, सेल्फी खिचे रमाए । लगभग रातको सात बजेतिर दुवै जना घरतिर फर्के । जुनुले छुट्टिने बेलामा परुको हातमा सानो लिफाफा राखिदिँदै विदा भई । परुले उसको सेतो टिसर्ट र कालो कपाल हावाले उडाइरहेको परसम्म हेरिरह्यो । ऊ हतार हतार घर आयो । आप्mनो कोठा बन्द गरेर लिफाफा खोल्यो र पढ्यो –

प्रिय परु, 
मेरो हृदयश्वर ।

मैले धेरै सोचेँ, म के गरुँ कसो गरुँ भएँ, तिम्रो प्रेमको प्रस्ताव पाएर आपूmलाई भाग्यमानी ठानेको छु । तिम्रो प्रेमको कोशेलीहरु हृदयभित्र सजाएर राखेकी छु । म तिमीलाई मेरो प्राणभन्दा धेरै प्रेम गर्छु । तिम्रो निम्ति यो ज्यान त्याग्न पनि तयार छु । तिम्रो हरेक सङ्घर्ष दुखमा साथ दिने छु मेरो कसम । तिमीलाई मेरो एक मुट्ठी सास रहेसम्म प्रेम गर्ने छु ।

उही तिम्रो प्रेमिका
जुनु

उसले पाँचसात पल्ट प्रेमपत्र पढ्यो, उसको खुसीको सीमा रहेन । उसले मनमनै जुनुलाई धन्यवाद दियो । अब सँगै मर्ने सँगै बाँच्ने प्रण ग¥यो । उसले जुनुलाई जीवनसाथी, प्रेमिका सम्झेर खुसीको आँसु झा¥यो । अब दुवै जना हरेक रात नौदश बजे रातिसम्म भिडियो कल र म्यासेन्जरमा माया प्रेमका कुराहरु गर्न थाले । अब कहिल्यै नछुट्टिने कसम बाचाहरु खाए, एक मन दुई तन बने ।  समय बित्दै गयो, श्रावणको दोस्रो हप्ता एस।ई।ई।को परीक्षा आउट भयो । जुनुको परीक्षा राम्रो भएन, उसको रिजल्ट फेल भएको आयो । जुनुको घरमा रुवाबास भयो, जुनुको आमाले जुनुलाई बन्दकोठामा थुनेर फेल भएकोमा दुईचार झापड हानी । उसले रातोरातो आँखा पार्दै भनी–  “तँ स्कुलमा गएर के पढ्छेस् हँ रु स्कुलमा गएर के गर्थिस् रु केटाहरुसँग घुम्थिस् कि मोजमस्ती गर्थिस् ।” ऊ रुँदैरुँदै मौन बसी । उसको मोबाइल पनि आमाले खोसेर लगी । उसका मोबाइल सबै हेरेर झन् कपाल समातेर पिटी । फोटो हेर्दै “यो केटा को हो रु यै केटासँग स्कुलमा घुम्थिस् कि क्या हो रु” भन्दै पिटी । “तेरो चाला ठिक छैन । अब तँलाई ।” भन्दै रिसले दाह्रा किटी । परु ए प्लस ल्याएर पास भयो तर जुनु फेल भएकोमा उसलाई दुख लाग्यो । आपूm पास भएकोमा कुनै खुसी लागेन । ऊ एकान्त कोठामा फेसबुक र म्यासेन्जरमा जुनुलाई खोज्यो तर कहीँ कतै भेटेन । उसको मोबाइल स्विच अफ भएको देखेर मनमा डरत्रास बढ्यो ।  जुनुको आमा निताले आप्mनो भाउजू निसासँग राम्रो केटो पाए जुनुको बिहे गर्ने सरसल्लाह गरिन् – “ए भाउजू कतै कुनै राम्रो केटो छ भने यसो हेर्नुस् त जुनुको बिहे गरिदिनु प¥यो ।

बढेको छोरी चेली कति दिन राख्ने रु धेरै दिन जवान छोरी चेली राख्यो भने पाकेको फर्सी भैmँ बिग्रन्छ गन्हाउँछ ।” भाउजूले तातो चियाको चुस्की लिँदै भनिन्– “ए।। अस्ति भरखर नै अस्टे«लियाको पी।आर। पाएको कान्छा बाजेको छोरो गोपालले बिहे गर्न केटी खोज्दै छ नि । म कुराकानी गर्छु है, कुरा मिल्यो भने त चट मगनी पट बिहे गर्नुपर्छ मेरी प्यारी जुनु भान्जीको है ।” भाउजू निसाले आप्mनै दिदी पर्ने सीतालाई भेटेर गोपालसँग बिहे गर्ने सबै कुराकानी मिलाए । यता निताले जुनुलाई सबै कुरा भनी तर जुनु म बिहे गदैृ गर्दिन, बरु म मर्छु फाँसी लागेर मर्छु तर त्यो केटोसँग बिहे गर्दिन भन्दै कोठा थुनेर रोएर बसी । तर आमा निताले भाउजू निसासँग सम्झाइ बुझाइ गरेर बिहे गर्ने पक्का गरिन् । माइजू निसाले जुनुलाई बिहेको कुरो गरिन्– “केटा राम्रो छ, इन्जिनियर हो, अस्ट्रेलियामा पी।आर। पाएको छ, बुढी मरेकी रे । अलिक अधबैँसे छ । धनसम्पत्ति टन्न छ ।” भनेर सम्झाई । झन् बुढी मरेको रे । त्यो राडोसँग बिहे गर्दिन बरु म मर्छु, बिहे गर्दिन भन्दै रोइकराई तर माइजू र आमाको जबरजस्तीले घरमा पञ्चेबाजा बजाएर सम्पूर्ण इष्टमित्र बोलाएर धुमधामले जुनुको बिहे गरिदिए । उसले जग्गेको अग्निमा हामफाल्न खोजी, सिँदुर लगाउन मानिन तर जबरजस्ती केटाले उसको खाली सिँदोमा सिँदुर भरिदियो । उसले सेतो रुमालले पुछ्ने कोसिस गरी, घोप्टो परेर रोइरही कराइरही । उसले मनमनै परुको पुकार गरी, “हे मेरो ईशवर तिमी कहाँ छौ रु कृपया मलाई लिन आऊ, मेरो प्रेमप्राणको रक्षा गर । मलाई यस नर्कबाट बचाऊ ।” लगभग रातको नौ बजे पञ्चेबाजा सनहीको धुनसँगै घरबाट जुनुको विदा भयो ।

बेहुलाबेहुलीलाई स्कार्पियो गाडीमा अगाडि बसाले । जुनु रोएर मुच्र्छा परिन् । “म बिहे गर्दिन म बिहे गर्दिन।।। म जाँदिन मलाई मारिदेउ।।” भन्दै गाडीमा लछारपछार गरिन् । बेहुलाले समातेर बलजस्ती राख्यो तर ऊ रोइरही । पञ्चेबाजा जोडजोडले बजिरहेको थियो । जन्तीहरु उफ्रिउफ्री नाजिरहेका थिए । बाजामा ‘माइती घर होइन तिम्रो पराइ घर जाऊ विदा लिई कहिलेकाहीँ जन्म घर आउ।।।।माइती।।।” बजिरहेको थियो । कान्छा बाजेको घरमा बिहेको रमझम भयो । चारैतिर रङ्गीविरङ्गी बत्तीहरुले सजाइएको छ दुई तले भवन । बेहुला गोपालले दुलही जुनुलाई आप्mनो कोठाभित्र प्रवेश गरायो, जुनु रोएर आँसुका धाराहरु झार्दै बेहोस भैmँ भई । मनमनमा परु परु भन्दै बिलौना गरिरही । रात झमक्क प¥यो दश बज्न लाग्यो । गोपालको दिदी ताराले दुलही जुनुलाई बोलाएर सम्हाल्ने कोसिस गरी तर सकिन । ऊ आँसुको दहमा डुबी, आँखा बन्द गरेर बेहोस भैmँ बनी । गोपाल र ताराले समातेर ओछ्यानमा सुताइदिए तर ऊ सुत्न सकिन । मुच्र्छा परेर रोइरही । गोपालले पनि केही खानासाना नखाएर जुनुलाई सम्झाउने कोसि ग¥यो तर उसले केही सुन्न चाहिन । जुनु रातभरि रोएर कराएर एकछिन पनि सुतिनन् । मनमनै परु मलाई बचाउ मलाई लैजाऊ मात्र भनिरही । गोपाल पनि कतिखेर मध्यरातमा निदाएछ थाहा नै भएन । भोलिपल्ट बिहानै उठेर ताराले दुलही जुनुलाई नुहाइधुवाई गराएर मन्दिरमा दर्शन र गरिबदुखीलाई खुवाउने भनेर मन्दिर लिएर गई । दुलाहा गोपालले शिव मन्दिर अगाडि गरिब दुखीहरुलाई खिचडी, फलपूmल बाँड्ने भनेर दिदी भेनाज्यू लिएर दीनदुखी, अपाङ्गहरु कोही बोरा ओछ्याएर, कोही पलेटी कसेर, कोही कालो लामो कपाल, फाटेको कपडा, कालो कम्बल ओढेर बसेका थिए ।

दुलाहा गोपालले कागजको थालमा खिचडी फलपूmल पाँचदशना नोट बाँडिरहेका थिए । जुनुले पनि खिचडी थालमा हालेर बाँड्दै छेउमा भ्mयाप्लुङ्ङ लामो लामो कपाल, फाटेको सटपेन्ट र कालो मैलो कम्बल ओढेको केटातिर उसको आँखा ठोकियो, उसका काला नयनबाट आँसुको धाराहरु बगिरहेका थिए । जुनुले राम्ररी हेरी उसले चिनिहाली “परु मेरो प्राण परु ।।।तिमी ।।।” भन्दै गम्ल्याङ्ङ हाम फालेर अँगालो मारी । परुले पनि रुँदै रुँदै “जुनु।। जुनु।।। मेरो जुनु ।।। मेरो प्राण।।।” भन्दै जोडजोडले अँगाले मारेर कहिल्यै नछुट्टिने कसम खाए, वाचा गरे ।
गोपाल र आफन्तहरु छक्क परे । चारैतिर मन्दिरमा भिडभाड र होहल्ला भयो । गोपालले बिस्तारै जुनु र परुलाई समातेर छुट्याए तर उनीहरु अङ्कमाल गरिरहे । गोपालले जुनुलाई मायालु स्वरमा भन्यो– “ऊ को हो रु” “ऊ मेरो प्राण भन्दा प्यारो प्रेमी परु । म उसलाई प्रेम गर्छु । उसले पनि मलाई धेरै प्रेम गर्छ ।” आँसुसरिको स्वरमा भनी । गोपालले फेरि भन्यो– “जुनु तिमीले मलाई भन्दा परुलाई धेरै प्रेम र माया गर्दोरैछौ, आज मैले तिमी र परुलाई ईशवरलाई साक्षी राखेर रातो टीका अक्षता लगाई आजदेखि तिमीहरु असल अमर प्रेमप्रेमिका भयौ । मैले हारेँ तिमीले जित्यौ ।” उसले दुई थोपा आँसु झा¥यो ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार