राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी



काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले एक विज्ञप्ति जारी गर्दै सहकारीसम्बन्धी अध्यादेश जारी भएकाे जानकारी दिएका हुन् ।

सरकारकाे सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको शाक्यले जनाएका छन् ।’राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

सरकारले विभिन्न मितिमा सिफारिस गरेका ७ मध्ये बाँकी ६ वटा अध्यादेश अध्ययनकाे क्रममा रहेकाे छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार