नाइजेरियामा अपहरणमा परेका पीडितहरूको उद्धार



नाइजेरियाको मध्य बेन्यु राज्यमा बुधवार अपहरणमा परेका १४ जना मध्ये धेरैलाई उद्धार गरिएको स्थानीय प्रहरीले जनाएको छ ।नाइजेरियामा उत्तरी भागमा फिरौतीका लागि अपहरणजन्य घटनाहरु बढेको जनाइएको छ भने लामो समय देखि देशले यस्ता आक्रमणको निरन्तर सामना गरिरहेको छ ।
यस्ता आक्रमणहरू आपराधिक गिरोहहरू र जिहादीहरूद्वारा गर्ने गरिएको जनाइएको छ । बेन्यु राज्यमा मुस्लिम फुलानी गोठालाहरू र मुख्यतया इसाई किसानहरू बिच भूमि र प्राकृतिक स्रोतहरूलाई लिएर नियमित रूपमा तनावको सामना गर्नुपरेको छ ।


प्रहरी र अन्य सुरक्षा निकायहरूद्वारा सञ्चालित संयुक्त सुरक्षा कारबाहीमा, कार्यकर्ताहरूले आमला वन र छेउछाउका क्षेत्रहरूमा लक्षित खोजी र उद्धार अभियान सञ्चालन गरिरहेका बेन्यु राज्य प्रहरी प्रवक्ता उडेमे एडेटले विज्ञप्ति मार्फत जनाउनु भएको छ ।अपरेसनले केही पीडितहरूको सफल उद्धार गरी हाल चिकित्सा उपचारमा रहेको जनाइएको छ । प्रवत्ताले उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या निर्दिष्ट नगरी सात जना संदिग्धलाई पनि पक्राउ गरिएको बताउनु भएको छ । अपहरण गरिएका व्यक्तिहरू मकुर्दी सहर जाने बसका यात्रुहरू रहेको प्रहरीले पुष्टि पारेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार