व्यवसायिक केरा खेती गदै बुढाथोकी दम्पत्ती



कविन्द्र परियार कोहलपुर १४ पुसबाँकेको राप्तीसोनारी ८ ओभरीका एक दम्पत्तीले व्यवसायिक रुपमा केरा खेती गर्न थालेका छन । सो स्थानका ३८ वर्षिय कर्ण बहादुर बुढाथोकी र उनकी श्रीमती इन्द्रकला बुढाथोकीले विगत ३ वर्ष देखी व्यवसायिक रुपमा केरा खेती गर्दै आएका हुन । सुरुमा कुरिलो खेती गरेर सोचेजस्तो आम्दानी नभएपछि केरा खेती गर्न सुरु गरिएको बुढाथोकी दम्पत्तीले बताए ।
सुरुमा २ कटठा जग्गा भाडामा लिएर २ हजार केरा खेती गर्न सुरु गरेका कर्ण बहादुर ले केरा खेती फस्टाउन थालेपछि अहिले ११ बिगाह जमिन भाडामा लिएर करिब १५ हजार विलियम जातका केराका बोट लगाएको बताए । केरा खेती बुढाथोकी दम्पत्तिले वार्षिक ७ लाख सम्म आम्दानी हुने गरेको बताए । पहिलो लटबाट सात लाख सम्म आम्दानी भयो दोस्रो लटमा अझ बढी हुन्छ की भन्ने आशा छ मेहनत अनुसारको उपलब्धी भएकै छ कर्ण श्रीमतीले ईन्द्रकलाले भनिन् ।
वार्षिक प्रति विगाह ६० हजार रुपैयामा जग्गा भाडामा लिएर केरा खेती गरिरहेका बुढाथोकी दम्पत्तीले दुई जनालाई रोजगारी समेत दिएको बताए ।प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना मार्फत २ लाख ५० हजार रुपैया अनुदान पाएछि बुढाथोकी दम्पत्तीलाई उत्साह थपिएको छ । साना किसान सहकारी संस्था महादेवपुरी बाट ५ लाख ऋण लिएर नमुना केरा खेती गरेका बुढाथोकी दम्पत्तीलाई नमुना कुषकको रुपमा सम्मन गरिएको साना किसान सहकारीका मुख्य प्रबन्धक हरिश के.सीले बताए । बुढाथोकी दम्पत्तीले नमुना केरा खेती गर्नु भएको छ । के सी ले भने । बुढाथोकी दम्पत्तीले उत्पादन गरेका केरा कुषी उपज बजार स्थल कोहलपुर र बाँकेका विभिन्न स्थानहरुमा खपत हुने गरेको छ । केराको माग धेरै भएको र माग अनुसार पुरा गर्न नसकिएको उनीहरुको भनाई छ । केरा खेती गरेर उनीहरुले ३ जना छोराछोरीको शिक्षा दिक्षामा समेत निकै सहयोग पुगेको उनीहरुको बताए । एकपटक केराको बोट रोपेपछि ४ पटक सम्म फसल लिन सकिने अन्य खेती भन्दा सजिलोर सुखी भएका कारण केरा खेती गरेको बुढाथोकी दम्पत्तीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १५ गते शनिबार