निर्वाचन आयोगमा रहेका समानुपातिक निर्वाचन अधिकृतको कार्यलयले हिजो साँझ सवै मत परिणामलाई पुनः परिक्षण गर्ने कार्य पुरा गरेको र त्यसको प्रतिवेदन आज आयोगमा पेश गर्ने जनाएको छ ।
प्रदेश नम्वर १ मा ३७,प्रदेश नम्वर २ मा ४३, ३ मा ४४, ४ मा २४ प्रदेश ५ मा ३५,६ मा १६ र प्रदेश ७ मा २१ गरी २ सय २० स्थानमा मंसिर १० र २१ गते समानुपातिकतर्फ मतदान भएको हो ।
प्रत्यक्षतर्फको मतपरिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव ५ प्रतिशत वा बढि मत प्राप्त गर्ने दलको तर्फबाट मात्रै उम्मेद्वार निर्वाचित हुनेछन् ।
दलहरुले प्राप्त गरेको जम्मा सदर मत गणना गर्दा १ दशमलव ५ प्रतिशत भन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन । समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले ७७ वटै जिल्लावाट दलहरुले प्राप्त गरेको मत परिणामलाई सात प्रदेश अनुसार केन्द्रिीकृत गर्ने कार्यलाई पूर्णता दिएको छ ।
आयोगले राजनीतिक दलले प्राप्त गरेको सिट बाँडफाँड नतिजा सम्बन्धित राजनीतिक दललाई पठाउने छ । कतिपय जिल्लावाट प्राप्त विवरणमा अङक र अक्षरमा लेखिएको तथ्याँक फरक पाइएपछि आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको हस्ताक्षरसहितको विवरण माग गरी रुजु गरेको थियो ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ६० मा समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले कुल खसेको सदर मतको गणना गरी हरेक दलले प्राप्त गरेको मत खुलाई आयोगमा मत परिणाम घोषणाका लागि पेस गर्ने व्यवस्था छ ।









प्रतिक्रिया दिनुहोस्