कर्णाली प्रदेश प्रहरी प्रमुखमा सापकोटाले जिम्मेवारी सम्हाले



सुर्खेत – कर्णाली प्रदेश प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) जयराम सापकोटाले जिम्मेवारी सम्हालेका छन् । जिम्मेवारी सम्हालेसँगै उनको कमाण्डमा प्रदेशभरका सबै प्रहरी युनिट निर्वाचन सुरक्षामा परिचालित भएका छन् ।

डिआइजीको जिम्मेवारीमा कर्णाली आएका सापकोटाले विहिबार पत्रकारहरुसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गर्दै कर्णालीमा निर्वाचन शान्तिपूर्ण बनाउन प्रहरी सक्रिय भएको बताए । प्रहरी आवाश्यक सुरक्षा रणनीति अपनाएर निर्वाचन केन्द्रित भएको उनको भनाइ छ ।

निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सुनिश्चित गर्न प्रहरी पूर्ण तयारीका साथ लागि परेको भन्दै हाल अपुग देखिएको जनशक्ति, हातहतियार तथा सवारी साधनका लागि प्रहरी प्रधान कार्यालयमा माग पठाइएको डिआइजी सापकोटाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार