बालेनको सुदूर पश्चिम यात्रा : बझाङ हुँदै लागे बाजुरा



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज चुनाव प्रचारको लागि बझाङबाट बाजुरातर्फ लागेका छन्।बालेनले सामाजिक सञ्जालमा बिहीबार बिहान आफू बझाङबाट बाजुरातर्फ लागेको जानकारी दिएका हुन्।


‘बझाङ्ग बाटि बाजुरा जान लाग्या छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बडिमालिका माताले सबै की आशिष् दिउन् ’बुधबार बालेन नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा हुँदै बैतडी र दार्चुला पुगेका थिए।

बालेन हाल सुदूरपश्चिमको चुनावी यात्रामा छन्। सोमबारदेखि सुदूरपश्चिमको चुनावी यात्रमा रहेका बालेन मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। उनी केही दिन सुदूरपश्चिम यात्रामै हुुनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार