जुम्लामा नेकपाका नरेश भण्डारीले गराए उम्मेदवारी दर्ता



जुम्ला ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नरेश भण्डारीले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जुम्लामा उम्मेदवारी दर्ता गराएका छन्। भण्डारीले जिल्ला अदालत जुम्लामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो १:३० बजे मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै भण्डारीले यसपटक जनताले विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘यो चुनावमा हामी अत्याधिक बहुमतका साथ विजयी हुन्छौं। जित पक्का छ, फरक कति मतले हुन्छ भन्ने मात्रै प्रश्न हो।’

साथै, उनले जुम्ला क्रान्तिकारी जिल्ला भएको उल्लेख गर्दै आफू र आफ्नो पार्टीको भूमिका यहाँको माटो र नागरिकलाई प्रष्ट रूपमा थाहा रहेको दाबी गरे। उनले जनताको भरोसा र समर्थनले आफ्नो जित सुनिश्चित हुने बताए।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार