ई–रिक्सा प्रति युवतीको बढ्दो आकर्षण



कविन्द्र परियार : कोहलपुर, २० मंसिर/  बर्दिया भुरी गाँउकी ३० वर्षिय युवती तारा थारुलाई के पेशा गरेर जीविकोपार्जन गर्ने हो भन्ने चिन्ताले सताएको थियो ।

मजदुरी गरेर सोचेजस्तो आम्दानी नहुने र भनेको बेला पैसा नपाईने भएकोले उनी सजिलै पैसा कमाउने उपायको खोजीमा थिईन त्यसपछि उनले ई–रिक्सा चलाउन सकिन र रिक्सा पनि किनिन अहिले उनी कोहलपुरमा ई–रिक्सा चलाएर दैनिक २ हजार आम्दानी हुने गरेको बताउछिन ।

टाउकोमा टोकरी बोकेर मजदुरी गर्नु भन्दा त ई–रिक्सा चलाउनु निकै सजिलो छ धेरै दुख पनि गर्नु पर्दैन दैनिक पैसा पनि हात पर्छ ,अहिले सन्तुष्ट छु उनले भनिन।

त्यस्तै बैजनाथ–३ की युवती २२ वर्षिय सरु चौधरी पनि एस.एल.सी पास गरेर वेरोजगार अवस्थामा घरमै बसेकी थिईन । के काम गरेर दैनिक खर्च चलाउने भन्ने सोचिरहेकी बेला उनकलाई ।

अब ई–रिक्सा चलाउनुपर्छ भन्ने लाग्यो र भाई सग ई–रिक्सा चलाउन सिकिन र ६० हजारमा उनले पुरानो रिक्सा किनिन अहिले उनीले कोहलपुर क्षेत्रमा ई–रिक्सा चलाएर दैनिक १ हजार २ सय रुपैया कमाई रहेकी छिन ।

मैले ई–रिक्सा चलाउन थालेदेखी राम्रै आम्दानी भएको छ । समाजका मानिसहरुले पनि राम्रो गरेकी छौ भन्छन खुसी छु । उनले भनिन । ई–रिक्सा चलाएर युवती आत्मनिर्भर बन्न सकिने सरुको भनाई छ ।

त्यस्तै कोहलपुर नगरपालिका १९ वर्षिया युवती भिमा थापा मगरले ८ कक्षा पास गरेर पढाई छोडिन् अन्य काम गर्न शैक्षिक योग्यता भएन मजदुरी गर्न मन पनि लागेन उनको दिदीले ई–रिक्सा चलाउथिन । उनले पनि दिदी सग लागेर ई–रिक्सा चलाउन सिकिन ।

यो पेसा सजिलो भएको र सजिलै पैसा कमाउने सकिने भएका कारण उनी पनि कोहलपुर क्षेत्रमा नियमित ई–रिक्सा चलाइरकी छिन । ई–रिक्सा चलाएर दैनिक १ हजार भन्दा बढी आम्दानी गरिरहेको बताउँछिन । काम भन्ने कुरा ठुलो सानो हुदैन मेहनत गर्नु पर्छ भिमाले भनिन ।

यि त प्रतिनिधी मात्र हुन बाँकेमा पछिल्लो समयमा ई–रिक्सा प्रति युवतीहरुको आर्कषण बढ्दो छ । ई–रिक्सा गति कम हुने सजिलो सवारी साधन भएको सजिलै नियन्त्रण गर्न सकिने र राम्रै ्आम्दनी गर्न सकिने भएका कारण ई–रिक्सा प्रति महिलाहरुको आर्कषण बढेको मध्यपश्चिम जनसेवा यातायात प्रा.ली का अध्यक्ष विश्वराज खनालले बताए ।

मध्यपश्चिम जनसेवा यातायात प्रा.लीमा दर्ता भएका ३ सय ८० वटा ई–रिक्सा मध्ये करिब ३० जना चालक महिलाहरु छन खनालले भने । कुनै पनि पेट्रोलियम पर्दार्थ नचाहिने वातावरणीय प्रदुषण समेत नहुने कम खर्चमा पनि चलाउन सकिने भएका कारण पनि ई–रिक्सा युवतीहरुको आकर्षण बनेको छ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २० गते बुधबार