विष्णु पौडेलको प्रश्न– वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले चलाइरहेको छ ?



काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको बताएका छन् ।शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत् उनले निर्वाचन पराजयको गभीर समीक्षा गर्नुपर्ने समयमा ध्यान अन्यत्र मोड्ने गरी वामपन्थी एकताको चर्चा चलाइएको बताएका हुन् ।

एमालेका लागि निर्वाचनमा भएको पराजयको समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची रहेको उनको भनाइ छ । ’नेकपा (एमाले)का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गभीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो,’ उनले लेखेका छन्, ’यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?’ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ अस्पतालमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेपछि वाम एकताको चर्चा चुलिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार