काठमाडौँ ।
आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेलतालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वाशिंगटन डीसीमा आयोजित कार्यक्रममा फिफा विश्वकप २०२६ को समूह चरणको खेलतालिका घोषणा गरिएको हो ।
आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा प्रतियोगिता हुँदैछ । यसपालि पहलो पटक प्रतियोगितामा ४८ टिमहरू सहभागी हुँदैछन् । जसलाई १२ अलग–अलग समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा सबैभन्दा ठूलो टक्कर समूह ‘आई’मा देखिन सक्ने अनुमान गरिएको छ । यो समूहमा फ्रान्सलाई नर्वेका साथ राखिएको छ । समूह ‘आई’मा सेनेगल पनि परेको छ ।
साविक विजेता अर्जेन्टिना समूह ‘जे’मा राखिएको छ । ब्राजिलले समूह ‘सी’मा स्कटल्यान्ड र मोरक्कोजस्ता टिमको सामना गर्नुपर्ने छ । आयोजक अमेरिकालाई समूह ‘डी’मा अस्ट्रेलिया र पराग्वेजस्ता प्रतिद्वन्द्वी मिलेका छन् ।
प्रकाशित मिति : २०८२ मंसिर २२ गते सोमबार









प्रतिक्रिया दिनुहोस्