कोहलपुरमा जिब्रोमुनीको ट्यूमरको सफल शल्यक्रिया



विश्वमा एक प्रतिशत मान्छेलाई मात्रै हुने जिब्रो मुनी पलाएको ट्युमरको कोहलपुरमा सफल शल्यक्रिया गरिएको छ । दैलेख तोली–६ खजुरीका राजु सुनार (४२) को जिब्रो मुनी पलाएको २ वटा ट्यूमर नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा शल्यक्रिया गरी निकालिएको हो । एउटा ट्युमर ६×५ र अर्को ४×३ सेन्टिमिटर साइजको रहेको उपचारमा संलग्न डा. बिक्रम बुढाथोकीले बताए । ट्यूमरका कारण जिब्रो लटपटिने, स्वासप्रश्वासमा समस्या र कहिलेकाही त सास समेत केहीबेर बन्द हुने गरेको राजुले बताए । “अन्य बेला भन्दा सुत्ने बेला एकदम अप्ठ्यारो हुन्थ्योे,” उनले भने । सुनार अहिले राम्रैसँग बोल्न सक्ने भएका छन् । डा. विक्रम बुढाथोकीकै नेतृत्वमा रहेको टोलीले ४५ मिनेट लगाएर ट्युमरको सफल शल्यक्रिया गरेको थियो । केशव राना/बाँके

  • No tags available
प्रकाशित मिति : २०७२ पुस ९ गते बिहीबार