जिप्रका बाँकेमा दुई डीएसपीः अर्का डीएसपी भट्ट आउँदै



नेपालगन्ज ।

जिल्ला प्रहरी कार्यालय बाँकेका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टको काज सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख रहेका उनको प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय बाँकेमा काज सरुवा गरेको हो ।

यसअघि नै जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी मधुसुदन न्यौपाने कार्यरत रहेका छन् । भट्टको समेत दार्चुलाबाट काज सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा दुई डीएसपी रहने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको नेतृत्व प्रहरी उपरीक्षक (एसपी)ले गर्ने गरेका छन् । काज सरुवा भएर आउँदै गरेका डीएसपी भट्ट अहिलेका डीएसपी न्यौपानेभन्दा सिनियर रहेको बताइएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ९ गते बुधबार