सुनचाँदी व्यवसायी संघमा नयाँ नेतृत्व, प्रदेश अध्यक्षमा देवीलाल सुनार



कोहलपुर :  मध्य तथा सुदूरपश्चिम सुनचाँदी तथा गहना व्यवसायी संघ कोहलपुरको नयाँ कार्यसमिति चयन गरिएको छ । शुक्रबार सम्पन्न आठौँ साधारण सभा तथो तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । सर्वसहमतिका आधारमा मानबहादुर सुनारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

जसको उपाध्यक्षमा गोविन्द विश्वकर्मा, महासचिवमा देउसर सुनार,सचिवमा इश्वर विक, र कोषाध्यक्षमा किरण कुमार विकलाई चयन गरिएको छ । महिला सदस्यमा रेखा विक चयन भएकी छन् भने अन्य सदस्यमा विवेक सुनार,शंकर विक र खेम सुनार चयन भएको अध्यक्ष सुनारले बताए । यस्तै अन्य दुई सदस्य पछि मनोनित गरिने उनको भनाइ छ ।

यस्तै सोही अवसरमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ लुम्बिनी प्रदेश समिति पनि चयन गरिएको छ । जसको अध्यक्षमा देवीलाल विक (बाँके) रहेका छन् । विक मध्य तथा सुदूरपश्चिम सुनचाँदी तथा गहना व्यवसायी संघ कोहलपुरका अध्यक्ष थिए । प्रदेश समितिको उपाध्यक्षमा प्रेमबहादुर स्वर्गकार (बर्दिया),

महासचिवमा गोपालसिंह बराइली (बर्दिया),सचिवमा किरण कुमार विक (बाँके) र कोषाध्यक्षमा हर्कबहादुर विश्वकर्मा (बाँके) रहेका छन् । यस्तै सदस्यहरुमा शत्रुधन गुप्ता (बाँके), महिला सदस्यमा भासना गहतराज (बर्दिया) रहेको अध्यक्ष सुनारले बताए । यस्तै प्युठानबाट दुई जना सदस्य पछि टुंगिने उनले बताए

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख ९ गते शनिबार