‘लुम्बिनी सरकार मिडियाको साथमा छ’



मिसन टुडे राष्ट्रिय दैनिक लुम्बिनी, कर्णाली र सुुदूूरपश्चिम प्रदेशमै पहिलोपटक राष्ट्रिय ‘क’ वर्गमा पर्न सफल भएको र सिंगो आर्थिक क्षेत्र संकटमा रहेको र मिडिया क्षेत्रसमेत त्यसैको मारमा परिरहेको समयमा दैनिक पत्रिका आठ पेजमा प्रकाशित हुुनुु खुसीको खबर भएको लुुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालको भनाइ छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले प्रदेश सरकार सधैँ मिडिया क्षेत्रको विकासको पक्षमा रहेको बताएका छन् । लुम्बिनी प्रदेशमा सञ्चालित मिडियाहरूको संस्थागत विकासका लागि प्रदेश सरकार साथमा रहेको बताएका हुन् ।

शनिबार मिसन टुडे राष्ट्रिय दैनिकद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अग्रवालले समग्र मिडिया क्षेत्रको व्यवस्थापनका लागि आगामी आर्थिक वर्षको बजेट केन्द्रित बनाउने बताए । आफू पनि मिडिया क्षेत्रबाटै राजनीतिमा आएकाले मिडिया क्षेत्रका समस्यासँग जानकार रहेको उनको भनाइ थियो ।

मिसन टुडे राष्ट्रिय दैनिक लुम्बिनी, कर्णाली र सुदूूरपश्चिम प्रदेशमै पहिलोपटक राष्ट्रिय ‘क’ वर्गमा पर्न सफल भएको भन्दै सरकारको तर्फबाट शुभकामनासमेत प्रदान गरे । सिंगो आर्थिक क्षेत्र संकटमा रहेको र मिडिया क्षेत्रसमेत आर्थिक संकटमा गुज्रिरहेको समयमा दैनिक पत्रिका आठ पेजमा प्रकाशित हुनु खुसीको खबर भएको उनले बताए ।

‘सर्वप्रथम म मिसन टुडे दैनिकलाई सफलताको शुुभकामना दिन चाहन्छुु । मोसफल पत्रकारितालाई नयाँ आयाममा लैजाने आँट गर्नुभएकोमा । मिसन टुडे दैनिकले आफूलाई सधैँ अब्बल सावित गर्दै आएको छ । यो प्रशंसायोग्य कुरा हो,’ मन्त्री अग्रवालले भने ।

कोहलपुरबाट प्रकाशित पत्रिका राष्ट्रिय ‘क’ वर्गमा पर्नु र आठ पेजमा स्तरोन्नति हुनु बाँके जिल्लाकै पत्रकारिताको इतिहासमा प्रेरणाको रूपमा रहेको अग्रवालले बताए । उनले विगतमा आफूले नेपालगन्जमा सत्यपत्र नामक पत्रिका सञ्चालन गरेको स्मरणसमेत गरे ।

जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्द पाण्डेले बाँकेको कोहलपुरबाट प्रकाशित हुँदै आएको मिसन टुडे राष्ट्रिय दैनिक आठ पेजमा प्रकाशित हुन लागेको खबरले आफू निकै खुसी भएको भन्दै शुभकामना प्रकट गरे ।

लामो समयदेखि आफू मिसन टुडेसँग व्यक्तिगत रूपमा पनि जोडिँदै आएको उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले प्रविधिको तीव्र विकास र सामाजिक सञ्जालको बढ्दो प्रभावका बीच मिसन टुडे दैनिकले आफूलाई सधैँ अब्बल सावित गर्दै आएको बताए ।

उनले मिसन टुडे दैनिकको स्थापनाकालदेखि हालसम्मको प्रगति सबैका लागि सिकाइको विषय भएको बताए । ‘आगामी दिनमा अझै परिष्कृत रूपमा अघि बढाउनका लागि हातेमालो गर्न तयार छौँ,’ उनले भने, ‘लुम्बिनी प्रदेशमा विद्यामान मिडियाको अवस्था विश्लेषण गरेर कानुन निर्माण र मिडियाको बहुआयामिक विकासका लागि हामी प्रतिबद्ध छौँ ।’

उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले बाँकेको कोहलपुरबाट सञ्चालन हुँदै आएको एकमात्र राष्ट्रिय दैनिक पत्रिका आठ पेज प्रकाशित हुन लागेकोले शाखाको तर्फबाट बधाई ज्ञापन गरे । मोफसलबाट प्रकाशित हुने पत्रिकाले हासिल गरेको उपलब्धि बाँके जिल्लाको पत्रकारिताको इतिहासमा नयाँ आयाम भएको उनले बताए । ‘मिसन टुडे दैनिकका लागि यो नयाँ आयाम हो । सिंगो पत्रकारिताका लागि यो सिकाइ हो । यसलाई निरन्तरता दिनुपर्छ,’ अध्यक्ष गिरीले भने ।

अहिले पनि मिडियामा चुनौतीका चाङ विद्यामान रहेकाले व्यावसायिक पत्रकारितामा जोड दिनुपर्ने उनले बताए । जिल्लाको पत्रकारिता क्षेत्रको सिकाइको केन्द्रका रूपमा मिसन टुडे दैनिकलाई विकास गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

उक्त अवसरमा मिसन टुडे राष्ट्रिय दैनिकका प्रकाशक विनोद पौडेलले अभावैअभावका बीच अथक मेहेनत र संघर्ष गरेर मिसन टुडे आजको अवस्थामा पुगेको बताएका थिए । मिडियामा चुनौतीमात्र नभएर अवसरसमेत रहेको उनको भनाइ थियो ।

कोहलपुरबाट प्रकाशित मिसन टुडे राष्ट्रिय दैनिक १५ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको बताउँदै अध्यक्ष पौडेलले सरकारले नीतिगत निर्णय गरेर कम्तिमा यहाँबाट केन्द्रमा जाने विज्ञापन रोक्न सके यहाँका कुनै पनि मिडिया सहज ढंगले सञ्चालन हुन सक्ने बताए । हाल मिसन मल्टिमिडिया गु्रपअन्तर्गत रेडियो मिसन, मिसन टुडे अनलाइन विगत लामो समयदेखि निरन्तर सञ्चालनमा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ६ गते आइतबार