9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

जीवन ज्योति स्कुलको सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८  

कोहलपुर

बाँकेको कोहलपुरमा रहेको जीवनज्योति स्कुलले आर्थिक अवस्था नाजुक भएका नागरिकलाई सहयोग गर्न थालिएको अभियानलाई सहयोग गरेको छ ।

समाज सेवा सस्था नेपालले सञ्चालन गरेको अभियान अन्तर्गत जीवनज्योती स्कूलले ४० हजार बराबरको ३० बोरा चामल सहयोग गरेको हो । उक्त सहयोग कोरोना भाइरसका कारण निम्तिएको लकडाउनले हात मुख जोड्न गाह्रो भै दयनीय अवस्था भएकाहरुलाई वितरण गरिएको संस्थाका अध्यक्ष बिनोद थापाले जानकारी दिए । उनले  अपांगता भएका ब्यक्ति अपाङ्गता भएका  र अति विपन्नलाई सहयोग गर्नको राहत सहयोग अभियान थालिएको जानकारी दिए ।
उनले पहिलो दिन सोमबार एकै घरका ३ जना परसुराम चमार, सिवानी चमार र मन्साराम चमार ज्युलाई १ बोरा चामल संस्थाले सहयोग हस्तान्तरण गरिएको उनले बताए । अन्य राहत कोहलपुर नगरपालिका बाँकेका अपांगता अति विपन्न ज्युहरुमा हस्तान्तरण गरिने उनको भनाइ छ । उनले सहयोगका लागि विद्यालयका प्रध्यान्याधापक जोमन जेम्सलाई कल्याण तिमिल्सिना धन्यवाद प्रकट गरे ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८     12:30:38 PM  |